भुमिकास्थान धनचौरमा भेटिएको शवको पहिचान खुल्याे

अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर–१०, धनचौरमा भेटिएको शव प्युठानका पुरुषको भएको खुलेको छ । प्युठानको गौमुखी गाउँपालिका वडा नम्बर–४ का २८ वर्षिय कुशल केसी धनचौरको पाकुमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक अमर थापाले जानकारी दिए ।
उनी स्काभेटरमा अपरेटरको काम गर्थे । यही साउन १५ गतेदेखी उनी सम्पर्क विहिन थिए । आज शव भेटिएपछी उनको पहिचान भएको हो । शरिरमा बाहिरी चोट नभएकाले पोस्टमार्टम पछी थप कुरा खुल्ने प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान पनि भईरहेको छ । पाणिनी गाउँपालिकाको हत्याकाण्ड सेलाउन नपाउँदै यो अर्को शव धनचौरमा फेला परेको हो ।
बैतडी । महाकाली नदीमा डुबेर बैतडीकी दुई किशोरी बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका-८ की १५ वर्षीया संगीता टमाटा र १४ वर्षीया कविता टमाटा रहेका छन् ।
हुम्ला । कर्णाली करिडोर निर्माणका लागि हुम्लाको खार्पुनाथ गाउँपालिका–१ को लालिबगरमा खटिएका एक सैनिकको भिरबाट लडेर मृत्यु भएको छ । नेपाली सेनाको विकास कार्यदलमा कार्यरत सुर्खेत घर भएका प्राविधिक अमल्दार टीकाराम लामिछानेको मृत्यु भएको हो ।