# भर्खरै
Namaste Icon
Ad

ट्राफिक प्रहरीकाे विशेष अभियान : आरक्षित सिटमा अरु यात्रु राख्नेलाई कारबाही

ट्राफिक प्रहरीकाे विशेष अभियान : आरक्षित सिटमा अरु यात्रु राख्नेलाई कारबाही
फाइल तस्बिर

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकामा चल्ने र यहाँबाट अन्य गन्तव्यमा छुट्ने सार्वजनिक सवारीमा आरक्षित सिटमा लक्षित वर्गका व्यक्ति नै राख्ने अभियान तीब्र पारेको छ । त्यसका लागि ट्राफिक प्रहरीले विशेष अभियान नै चलाएर सवारीका छड्के गरिरहेको छ । सार्वजनिक सवारीका ज्येष्ठ नागरिक, अपाङ्गता र महिलाका लागि सिट आरक्षित गरिएको छ । तर, आरक्षित सिटमा लक्षित वर्गले बस्न नपाउने तर अन्य यात्रुले बसेर यात्रा गर्दा सवारीचालक र सहचालकले पहल नलिने समस्या छ ।

मंगलबार सादा पोशाकमा खटिएका ट्राफिक प्रहरीले सार्वजनिक सवारीमा आरक्षण सिट लागू भए/नभएको अनुगमन गर्दा आरक्षण सिटमा अन्य यात्रु बोक्ने १९ वटा सार्वजनिक भाडा बसलाई कारबाही गरेको छ । जसअन्तर्गत उपत्यकाबाहिर चल्ने ४ वटा यात्रुवाहक बस, उपत्यकामा चल्ने १४ वटा यात्रुवाहक बस र १ वटा माईक्रो बसलाई नियम बमोजिम कारबाही गरेको छ । चेकजाँच अभियानलाई निरन्तर सञ्चालन गरिने प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

 

सम्बन्धित समाचारहरु

डेढ किलो सुनसहित पक्राउ परेका भारतीय नागरिक जेल चलान

डेढ किलो सुनसहित पक्राउ परेका भारतीय नागरिक जेल चलान

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ किलो सुनसहित पक्राउ परेका भारतीय नागरिक यूसुफ हारोन जेल चलान भएका छन्। सुन भन्सार चोरी पैठारीमा मुद्दा चलाइएका हारोनलाई मंगलबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो । जिल्ला अदालतका न्यायाधीश इन्द्रकुमार चोङ्टेन्लीलले हारोनलाई थुनामा पठाउने आदेश दिएका हुन् ।

निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । पूर्वाधार विकास कार्यालय रौतहटका तत्कालीन निमित्त कार्यालय प्रमुख इन्जिनियर शिवजी प्रसाद राय, लेखा अधिकृत र निर्माण कार्य उपभोक्ता समितिका अध्यक्षसहित पाँचजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी लाभ तथा हानी पुर्याउने गरी १६ लाख ५९ लाख ९७२ रुपैयाँ हिनामिना गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया दिनुहोस