# भर्खरै
Namaste Icon
Ad

चीनको चेतावनी– अमेरिकाले अत्यन्तै खराब परिस्थितिको सामना गर्नुपर्छ

चीनको चेतावनी– अमेरिकाले अत्यन्तै खराब परिस्थितिको सामना गर्नुपर्छ

काठमाडौं । विरोधका बाबजुद उच्च अमेरिकी अधिकारी ताइवान पुगेपछि चीनले अमेरिकालाई गम्भीर मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ । आफ्नो कडा विरोधकाबीच अमेरिकी प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेपछि चीनले कूटनीतिक विरोध गरेको हो ।

चीनका लागि अमेरिकी राजदूत निकोलस बर्नसँगको कुराकानीमा चिनियाँ सहायक विदेशमन्त्री सी फेङले भ्रमणको कडा निन्दा गरेको चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

'पछिल्लो अमेरिकी कदम अत्यन्तै भत्सर्नायोग्य छ । यसबाट अमेरिकाले अत्यन्तै खराब परिस्थितिको सामना गर्नुपर्नेछ,' उनले भनेका छन् । गएराति पेलोसी ताइवान पुगेकी थिइन् । उनी २५ वर्षपछि ताइवान भ्रमण गर्ने पहिलो उच्च अमेरिकी अधिकारी हुन् ।

 

सम्बन्धित समाचारहरु

अश्लील भिडियो पोस्ट गरेकाे भन्दै दुई चर्चित मोडललाई १५ वर्ष जेल

एजेन्सी । अश्लिल भिडियो पोस्ट गरेको भन्दै म्यानमारका दुई चर्चित मोडललाई १५ वर्ष जेल सजाय सुनाइएको छ । दुई प्रख्यात मोडलहरू – नाङ म्वे सान र थिन्जर विन्ट क्यावलाई संस्कृति र मर्यादालाई हानि पुर्याउने कार्य गरेको आरोप लगाइएको छ । उनीहरूले कथित अश्लिल तस्बिर र भिडियो वितरण गरेको र त्यसले म्यानमारको संस्कृति र सम्मानमा हानि पुगेको जुन्ता सेनालेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

भारतको उपराष्ट्रपति बने जगदीप धनखड

भारतको उपराष्ट्रपति बने जगदीप धनखड

काठमाडौं । भारतको उपराष्ट्रपतिमा जगदीप धनखड निर्वाचित भएका छन् । पश्चिम बंगालका पूर्वराज्यपाल जगदीपलाई भारतीय जनता पार्टी (भाजपा)को नेतृत्वमा रहेको सत्तारुढ गठबन्धनले उम्मेदवार बनाएको थियो । धनखडले कूल खसेको मतमा ५ सय २८ प्राप्त गरे। उनका विपक्षी उम्मेदवार मार्गरेट अल्भाले १८२ मत प्राप्त गरेकी भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस