# भर्खरै
Namaste Icon
Ad

अभियान लघुवित्तको आईपीओ बिक्री खुला, कसरी दिने आवेदन ?

अभियान लघुवित्तको आईपीओ बिक्री खुला, कसरी दिने आवेदन ?

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन सुरु गरेको छ । लघुवित्तले प्रतिसेयर १०० रुपैयाँअंकित मूल्यका नौ करोड ७५ लाख रुपैयाँबराबरको नौ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन बिक्री खुला गरको हो । लघुवित्तले निष्कासन गरेको कुल नौ लाख ७५ हजार कित्ता सेयरमध्ये ०.५ प्रतिशत अर्थात् १२ हजार ५०० कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरिएको छ । बाँकी नौ लाख १३ हजार ७५० कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आईपीओमा साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा मागबमोजिम आवेदन नपरे आउँदो भदौ १ गतेसम्म आवेदन दिने समय थप गरिने बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जानकारी दिएको छ । लगानीकर्ताले न्यूनतम १० देखि तीन हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आवेदकले सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासनका लागि गराएको क्रेडिट रेटिङमा इक्रा नेपालले लघुवित्तलाई इक्राएनपी इस्युअर रेटिङ डबल बी माइनस रेटिङ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्छ ।

हाल लघुवित्तको चुक्ता पुँजी १५ करोड २५ लाख रुपैयाँ छ । आईपीओ बाँडफाँडपश्चात् लघुवित्तको चुक्ता पुँजी २५ करोड रुपैयाँ पुग्नेछ । आर्थिक वर्ष २०७७/७८ सम्म कम्पनीको सञ्चित नाफा ३५ लाख रुपैयाँ छ । यस्तै, उक्त अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ६० पैसा छ । प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ ३६ पैसा छ ।

कम्पनीले पहिलो कारोबारका लागि नेप्सेबाट १०५ रुपैयाँ ३६ पैसादेखि ३१६ रुपैयाँ ०८ पैसा पाउने देखिन्छ । आईपीओ निष्कासन गरेको कम्पनीलाई धितोपत्र दोस्रो बजारमा नेप्सेले वास्तविक प्रतिसेयर नेटवर्थदेखि त्यसको तीन गुणासम्म मूल्य रेञ्ज दिने गर्छ ।

सम्बन्धित समाचारहरु

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कति ?

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य मंगलबार हालसम्मकै महँगोमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ६ हजार ३०० रुपैयाँ कारोबार भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । सोमबारको तुलनामा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ ।

काठमाडौं । सर्वसाधारणका लागि शुभम पावरले माघ १८ गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ बिक्री गरेपछि सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो । कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका ४ लाख ८१ हजार ८२२ कित्ता सेयर सर्वसाधारणहरूका लागि निष्कासन गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस

Ad