# भर्खरै
Namaste Icon
Ad

जब केलीले सर्ट फुकालिन . . .

जब केलीले सर्ट फुकालिन . . .

लण्डन । महिला युरोपियन च्याम्पियनसिप फुटबलमा इंग्ल्याण्डले अतिरिक्त समयमा गोल गर्दै जर्मनीलाई २–१ ले हराएर ऐतिहासिक जित दर्ता गरेको छ । यो खेल हेर्न लण्डनको वेम्बली स्टेडियममा ८७ हजारभन्दा बढी मानिस जम्मा भएका थिए । यो आफैमा कीर्तिमान थियो । तर जितपछि अतिरिक्त समयमा गोल गर्ने क्लो केलीले जीतपछि जसरी उत्सव मनाइन्, त्यो सधैँ स्मरणीय हुनेछ । २४ वर्षीया केलीको उत्सवले आगामी पुस्ताका फुटबल प्रशंसकहरूलाई प्रेरणा दिनेछ ।

जितपछि, केलीले आफ्नो शर्ट खोलिन् र हावामा हल्लाएर उत्सव मनाउन थालिन् । क्लब फुटबलमा म्यानचेस्टर सिटीबाट खेल्ने केलीले स्पोर्ट्स ब्रा मा आफ्नो शर्टलाई हातमा लिएर आफ्नो खुसी व्यक्त गरिरहेकी थिइन् । खुसी व्यक्त गर्ने उनको यो कदमलाई महिलालाई एकताबद्ध र सशक्तिकरण गर्ने तरिकाको रूपमा हेरिएको छ । केलीले एउटा यस्तै उत्सवको स्मरण दिलाइन् । सन् १९९९ को विश्वकप फाइनलमा अमेरिकी फुटबलर ब्रेन्डी चेस्टेनले पनि निर्णायक पेनाल्टीले पाएको जीतपछि यसरी नै आफ्नो खुसी व्यक्त गरेकी थिइन् ।

खुसी मनाइरहेको भिडियो देखेपछि चेस्टेनले अब केलीलाई जीवनभरी यो व्यक्त गरेको खुसीको फाइदा हुने बताएकी छिन् । टिभीमा उत्सव देखाएको मिनेट भरमै त्यसको सकारात्मक प्रभाव देखिन सुरु भएको थियो । जुन महिला र युवतीले यो हेरेका छन्, त्यसको असर स्पष्ट देखिएको थियो ।

‘खराब समय देखेको छु...’

मे २०२१ मा घुँडाको चोट लागेपछि केलीले युरो २०२२ मा खेल्न पाउने कि नपाउने भन्ने शंका पनि थियो । तर अहिले उनको खुशीको सीमा रहेन । केलीले भनिन्, ‘मैले धेरै नराम्रो समय देखेको छु । अब म हरेक पलको आनन्द लिन चाहन्छु ।’ चोटका कारण केलीले टोकियो ओलम्पिकमा पनि खेलिनन् । उनी भन्छिन्, ‘मैले टोकियो ओलम्पिक पनि हेर्न पाएकी थिइनँ । गत वर्ष यस्तो गर्मी मौसम थियो । अब फर्केर हेर्दा धेरै समय भइसक्यो जस्तो लाग्छ ।’

उनी कठिन समय पछि निको भइन् तर चोटबाट निको भएको यो अनुभवले उनको फुटबलप्रतिको दृष्टिकोण फेरिदियो । केही साताअघि उनले भनेकी थिइन्, ‘जब तपाईलाई चोट लाग्छ, तपाईं लामो समयसम्म खेलबाट टाढा रहनुहुन्छ । मलाई लाग्छ कि तपाईं एक पटक यस्तो परिस्थितिमा पुगेपछि तपाईं कुनै पनि कुराबाट डराउनुहुन्नँ ।’ ‘पहिले म खेलअघि निकै नर्भस थिएँ । तर अब म कत्ति पनि नर्भस छैन किनभने अब म अत्ति नै खराब भयो भने पनि के नै होला र भनेर सोच्ने गर्छु ।’ ‘मैले नराम्रो समय देखेको छु र अब हरेक पलको आनन्द लिन चाहन्छु ।’ र साँच्चै नै केलीले विजय पछिको क्षणहरू विशेष तरिकामा रमाइलो गरिन् । किनभने उनको गोलले इंग्ल्याण्डलाई पहिलो पटक युरोपियन च्याम्पियन बनाइदियो ।

सम्बन्धित समाचारहरु

अलमुताईरीबारे निर्णय गर्न महासचिवलाई जिम्मा !

अलमुताईरीबारे निर्णय गर्न महासचिवलाई जिम्मा !

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीबारे निर्णय गर्ने जिम्मेवारी महासचिवलाई दिएको छ । एन्फाको बिहीबार बसिरहेको दोस्रो कार्यसमिति बैठकले कतारसँग समन्वय गरेर अलमुताईरीबारे निर्णय गर्ने जिम्मा एन्फा महासचिव किरण राईलाई दिएको हो ।

नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा भारतका मनोज प्रभाकर नियुक्त

काठमाडाैं । नेपाल क्रिकेट एसोसियसन (क्यान) ले राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा भारतका मनोज प्रभाकरलाई नियुक्त गरेको छ । क्यानले सोमबार प्रभाकरलाई नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । क्यानले सामाजिक सञ्जालमार्फत मुख्य प्रशिक्षक नियुक्त गरिएको सार्वजनिक गरेको हो । क्यानले दिएको जानकारीअनुसार प्रभाकर भारतका पूर्वअलराउन्डर क्रिकेटर हुन् । उनले भारतका लागि ३९ टेस्ट र १३० एक दिवसीय म्याच खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस