# भर्खरै
Namaste Icon
Ad

परिक्षा बोर्डले भन्याे, 'साउन मसान्तसम्म ११ कक्षाको भर्ना लिनु'

परिक्षा बोर्डले भन्याे, 'साउन मसान्तसम्म ११ कक्षाको भर्ना लिनु'

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ मा बिद्यार्थीहरुले विद्यार्थी भर्ना गर्ने समय छोटो राखिएको भन्दै त्यसको म्याद बढाएर साउन मसान्तसम्म पुर्‍याएको छ । परिक्षा बोर्डले बुधवार सार्वजनिक सूचना जारी गर्दै एसईईको नतिजा ११ साउनमा प्रकाशित भएको र विद्यालय र क्याम्पसहरूले फरक–फरक भर्ना तालिका राखेर छोटो समयको म्याद राखिएको भन्दै साउन मसान्तसम्म म्याद बढाएको हो ।

छोटो समयको मात्रै भर्ना म्याद राख्दा देशका दुर्गम क्षेत्रका विद्यार्थीहरूले भर्ना अवसरबाट बञ्चित भएको गुनासो आएको भन्दै त्यस्तो निर्देशन दिएको हो । ‘कक्षा–११ को बिद्यार्थी भर्ना गर्ने सबन्धनमा बिभिन्न विद्यालय र क्याम्पसहरूले फरक फरक भर्ना तालिका तय गरी छोटो समयको म्याद राखी सुचना प्रकाशित भएको हुँदा देशका दुर्गम क्षेत्रका बिद्यार्थीहरुले भर्नाका लागि आवेदन दिने अवसरबाट बञ्चित भएको भनि बोर्डमा प्राप्त गुनासाहरूका सम्बन्धमा बोर्डको ध्यानाकर्षण भएको छ’ जारी सूचनामा भनिएको छ ।


‘यस सम्बन्धमा सबन्धित बिद्यालयहरुले माध्यमिक शिक्षा परिक्षा –कक्षा ९१००को नतिजा सार्वजनिक भएको न्यूनत्तम १५ दिनसम्म आवेदन दिनसक्ने गरी भर्ना कार्यक्रम तय गरी २०७९ साल श्रावण मसान्तसम्म बिद्यार्थी भर्ना लिने ब्यवस्था मिलाउन सबै बिद्यालयरक्याम्पसलाई सुचित गरिन्छ,’सूचनामा भनिएको छ । स्थानिय पालिकाहरुले सो बारेमा सहजीकरण गर्न पनि परिक्षा बोर्डले अनुरोध गरेको छ ।

सम्बन्धित समाचारहरु

स्वास्थ्य चौकीबाट वर्खास्त गरिएकी विमलाको घरमा पुग्न थाले बिरामी

ललितपुर । व्यक्तिगत तथा राजनीतिक इगोकाे आधारमा बाग्मती गाउँपालिकाद्वारा आश्राङमा अवस्थित स्वास्थ्य चौकीको सेवाबाट वर्खास्त गरिएकी विमला कार्कीको घरमै बिरामी हारगुहार गर्दै पुग्न थालेका छन् । शुक्रबार गाउँको घरमै सुत्केरी भएर सालनाल खस्न नसकी प्रसव पीडामा परेकी सविना सिँगारलाई स्ट्रेचरमा बोकेर आश्राङ स्वास्थ्य चौकी लगियो तर अपमानपूर्वक ढंगले स्वास्थ्य चौकीको सेवाबाट हटाईएकी वर्थिङ अनमी विमला कार्की सेवामा नभएको र स्वास्थ्य चौकी इन्चार्ज गीतादेवी दाहाल पनि अस्वस्थ भएर काममा जान नसकेपछी सविनाको उपचार हुन सकेन । हेल्थ पोष्टकी इन्चार्ज गितादेवि दाहाल आफू कोरोना लागेको कारण हेल्थ पोष्टमा काम गर्न नगएको बताइन् । उनले फोनमा भनिन्, ‘मलाई धेरै गाह्रो छ । हेल्थपोष्टका बारेमा केही थाहा छैन ।’

नयाँ शिक्षा ऐन तत्काल जारी गर्न अखिल क्रान्तिकारीको माग

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्त्रिकारीले तत्काल शिक्षा ऐन जारी गर्न माग गरेको छ । बुधबार अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहसहितको टोलीले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई ज्ञापनपत्र बुझाउँदै अखिलले शिक्षा ऐन जारी गर्न माग गरेको हो ।

प्रतिक्रिया दिनुहोस