# भर्खरै
Namaste Icon
Ad

चाँडै यू–२० टिमका खेलाडीसँग काम गर्ने इच्छा छ : अल्मुताइरी

चाँडै यू–२० टिमका खेलाडीसँग काम गर्ने इच्छा छ : अल्मुताइरी

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले चाँडै यू–२० टिमका खेलाडीसँग काम गर्न उत्साहित रहेको बताएका छन् । नेपालमा अल्मुताइरीको भविष्यलाई लिएर प्रश्न उठिरहेको अवस्थामा उनले बुधबार बिहान चाँडै नेपाली युवा टोलीसँग काम गर्न उत्साहित रहेको बताएका हुन् । 'सकरात्मक र नकरात्मक पक्षसहित यू–२० साफ कप समाप्त भएको छ । यसमा सबैभन्दा महत्त्वपूर्ण भनेको भविष्यमा नेपाली फुटबलमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने युवा प्रतिभाहरू जन्मिएका छन्,' अल्मुताइरीले सामाजिक सञ्जालमा लेखेका छन्, 'चाँडोभन्दा चाँडो तपाईंहरूसँग काम गर्न उत्साहित छु । अब साफ च्याम्पियनसिपका नराम्रो भावना बिर्सनुपर्छ र गल्तीबाट सिक्ने र त्यसलाई सुधार गर्नमा ध्यानकेन्द्रित गर्न आवश्यक छ ।'

पटक–पटक विवादमा आउने अल्मुताइरीको एएफसी एसिया कप छनोट प्रतियोगिताअघि राष्ट्रिय टोलीका सिनियर खेलाडीसँग खटपट परेको थियो । उनले राष्ट्रिय टोलीका १२ खेलाडीलाई टिमबाट बाहिर राख्दै छनोट प्रतियोगिताका लागि टिम बनाएका थिए । खेलाडी र अल्मुताइरीबीचको विवाद समाधान गर्न बनाइएको समस्या पहिचान र सिफारिस कार्यदलले गएको जेठ ६ गते अखिल नेपाल फुटबल संघ (एन्फा)लाई एसियन कप छनोटपछि अल्मुताइरीको विकल्प खोज्न सिफरिस गरेको थियो ।

यसबीचमा एन्फामा नेतृत्व परिवर्तन भइसकेको छ । जोसँग अल्मुताइरीको ‘टसल’ भएको उनै पंकजविक्रम नेम्वाङ अहिले एन्फा नेतृत्वमा छन् । नेम्वाङ निर्वाचित भएपछि असार ८ गते बसेको कार्यसमितिको पहिलो बैठकमा अल्मुताइरीबारे निर्णय लिन सचिवालयलाई जिम्मेवरी दिइएको छ । यद्यपि, अहिलेसम्म कुनै ठोस निर्णय हुनसकेको छैन ।

खेलाडी संघले पनि अल्मुताइरीको विकल्प खोज्न संघलाई दबाब दिएको थियो । तर, एन्फा नेतृत्व पदाधिकारी भागबन्डामा अल्झिएर बसेको छ । यहीबीच अल्मुताइरीले भने चाँडै नेपालल फर्किएने संकेत दिएका छन् । 'हामीसँग अर्को महिना सिनियर टोलीको मैत्रीपूर्ण खेल भएनन् भने म एएफसी यू–२० कप छनोट प्रतियोगितामा तपाईंहरूको खेल हेर्न बहराइनमा आउनेछु,' स्वास्थ्य समस्याका कारण तीन महिना बिदामा रहेका अल्मुताइरीले लेखेका छन्, 'मलाई तपाईंहरूप्रति गर्व छ ।'

 

सम्बन्धित समाचारहरु

अलमुताईरीबारे निर्णय गर्न महासचिवलाई जिम्मा !

अलमुताईरीबारे निर्णय गर्न महासचिवलाई जिम्मा !

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीबारे निर्णय गर्ने जिम्मेवारी महासचिवलाई दिएको छ । एन्फाको बिहीबार बसिरहेको दोस्रो कार्यसमिति बैठकले कतारसँग समन्वय गरेर अलमुताईरीबारे निर्णय गर्ने जिम्मा एन्फा महासचिव किरण राईलाई दिएको हो ।

नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा भारतका मनोज प्रभाकर नियुक्त

काठमाडाैं । नेपाल क्रिकेट एसोसियसन (क्यान) ले राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा भारतका मनोज प्रभाकरलाई नियुक्त गरेको छ । क्यानले सोमबार प्रभाकरलाई नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । क्यानले सामाजिक सञ्जालमार्फत मुख्य प्रशिक्षक नियुक्त गरिएको सार्वजनिक गरेको हो । क्यानले दिएको जानकारीअनुसार प्रभाकर भारतका पूर्वअलराउन्डर क्रिकेटर हुन् । उनले भारतका लागि ३९ टेस्ट र १३० एक दिवसीय म्याच खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस