# भर्खरै
Namaste Icon
Ad

भारतबाट घटेर आए पनि हाललाई पेट्रोलियम पदार्थको मूल्य घटाउँदैनौं : आयल निगम

भारतबाट घटेर आए पनि हाललाई पेट्रोलियम पदार्थको मूल्य घटाउँदैनौं : आयल निगम

काठमाडाैं । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले हाललाई नेपालमा मूल्य यथावत राख्ने भएको छ । एक विज्ञप्ति जारी गर्दै निगमले अझै पनि १५ दिनको नोक्सानी ६३ करोड ५८ लाख रुपैयाँ रहेकाले मूल्य यथावत राखिएको जनाएको छ । भारतबाट सोमबार मात्रै पेट्रोल प्रतिलिटर १६ रुपैयाँ तथा डिजेल १२ रुपैयाँले घटेर आएको थियो । निगमका लागि सो मूल्य घटेर आएपछि हाल उसलाई पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ७८ पैसा नाफा छ । डिजलमा ९ रुपैयाँ ३७ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ४९९ रुपैयाँ नोक्सानी रहेको निगमले जनाएको छ ।

निगमले आईओसीलाई अझै २३ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको जनाएको छ । यो बक्यौता रकम भुक्तानी गर्दै क्रमश: पेट्रोलियम पदार्थको आपूर्ति सहज गर्नुपर्ने दायित्व रहेको रहेको भन्दै निगमले यो पटक मूल्य नघटाउने स्पष्ट पारेको छ । हाल नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर १८१ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ छ ।

सम्बन्धित समाचारहरु

नेपालबाट २७ देशमा कुकुर र बिरालोको खाना निर्यात, सबैभन्दा बढी अमेरिकामा

काठमाडौं । नेपालले एक वर्षमा करिब ३ अर्ब रुपैयाँको कुकुर र बिरालोको खाना विभिन्न देशमा पठाएको छ । भन्सार विभागकाअनुसार गत आर्थिक वर्ष २०७७/७८ मा नेपालले २७ देशमा उक्त रकम बराबरको कुकुर र बिरालोको खाना पठाएको हो ।

'रियलमी नार्जो ५०ए प्राइम' नेपाली बजारमा

'रियलमी नार्जो ५०ए प्राइम' नेपाली बजारमा

काठमाडौं । स्मार्टफोन कम्पनी रियलमीले नार्जो सिरिजको रियलमी नार्जो ५०ए प्राइम नेपाली बजारमा सार्वजनिक गरेको छ । उक्त स्मार्टफोनले यसका प्रयोगकर्ताहरूलाई अत्याधुनिक प्रविधिको अनुभव प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस