नयाँ शिक्षा ऐन तत्काल जारी गर्न अखिल क्रान्तिकारीको माग

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्त्रिकारीले तत्काल शिक्षा ऐन जारी गर्न माग गरेको छ । बुधबार अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहसहितको टोलीले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई ज्ञापनपत्र बुझाउँदै अखिलले शिक्षा ऐन जारी गर्न माग गरेको हो ।
चरम बेथितिका कारण देशको शैक्षिक अवस्था भद्रगोल बनेको भन्दै तत्काल सुधारका कदम चाल्न समेत क्रान्तिकारीले माग गरेको छ । २०२८ सालमा बनेको पञ्चायतकालीन ऐनलाई दसौँपटक संशोधन गर्दा पनि यसले नेपालको शैक्षिक समस्यालाई समाधान गर्न नसकेकाले सरकारले जतिसक्दो चाँडो नयाँ शिक्षा ऐन ल्याउनुपर्ने उनीहरूको माग रहेको छ ।
सामुदायिक शिक्षादेखि व्यवसायीक शिक्षासम्म र चिकित्सा शिक्षादेखि विश्वविद्यालयसम्म सबै क्षेत्रमा अराजकता चुलिएको उनीहरूको भनाइ छ । शिक्षामा बढ्दो निजीकरणले सीमा नाघ्दा शिक्षा क्षेत्र हो कि बजार भन्ने छुट्याउनै नसकिने अवस्थामा नेपालको शैक्षिक क्षेत्र फसेको अखिल क्रान्तिकारीको माग पत्रमा उल्लेख छ उल्लेख छ ।
ललितपुर । व्यक्तिगत तथा राजनीतिक इगोकाे आधारमा बाग्मती गाउँपालिकाद्वारा आश्राङमा अवस्थित स्वास्थ्य चौकीको सेवाबाट वर्खास्त गरिएकी विमला कार्कीको घरमै बिरामी हारगुहार गर्दै पुग्न थालेका छन् । शुक्रबार गाउँको घरमै सुत्केरी भएर सालनाल खस्न नसकी प्रसव पीडामा परेकी सविना सिँगारलाई स्ट्रेचरमा बोकेर आश्राङ स्वास्थ्य चौकी लगियो तर अपमानपूर्वक ढंगले स्वास्थ्य चौकीको सेवाबाट हटाईएकी वर्थिङ अनमी विमला कार्की सेवामा नभएको र स्वास्थ्य चौकी इन्चार्ज गीतादेवी दाहाल पनि अस्वस्थ भएर काममा जान नसकेपछी सविनाको उपचार हुन सकेन । हेल्थ पोष्टकी इन्चार्ज गितादेवि दाहाल आफू कोरोना लागेको कारण हेल्थ पोष्टमा काम गर्न नगएको बताइन् । उनले फोनमा भनिन्, ‘मलाई धेरै गाह्रो छ । हेल्थपोष्टका बारेमा केही थाहा छैन ।’
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ मा बिद्यार्थीहरुले विद्यार्थी भर्ना गर्ने समय छोटो राखिएको भन्दै त्यसको म्याद बढाएर साउन मसान्तसम्म पुर्याएको छ । परिक्षा बोर्डले बुधवार सार्वजनिक सूचना जारी गर्दै एसईईको नतिजा ११ साउनमा प्रकाशित भएको र विद्यालय र क्याम्पसहरूले फरक–फरक भर्ना तालिका राखेर छोटो समयको म्याद राखिएको भन्दै साउन मसान्तसम्म म्याद बढाएको हो ।