# भर्खरै
Namaste Icon
Ad

पेट्रोलियम पदार्थको मुल्य समायोजन गर्न सभापति लामाद्वारा सरकारको ध्यानाकर्षण

पेट्रोलियम पदार्थको मुल्य समायोजन गर्न सभापति लामाद्वारा सरकारको ध्यानाकर्षण

काभ्रे । नेपाली कांग्रेस काभ्रेका जिल्ला सभापति तथा पुर्व संसाद तिर्थ लामाले पेट्रोलियम पदार्थको मुल्य घटाउन तर्फ लाग्न सरकारसँग आग्रह गरेका छन् । सभापति लामाले अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको तथ्यहरु सार्वजनीक भइरहँदा नेपालमा मुल्य नघटाइएको प्रती चासो प्रकट गर्दै मुल्य समायोजन गर्न सरकारको ध्यानाकर्षण गरेका हुन् ।

‘इन्धन खरिदबिक्रीका लागि नेपालले अन्तराष्ट्रिय मूल्य समायोजनमा आधारित स्वचालित प्रक्रिया अपनाउदा अन्तराष्ट्रिय बजारमा मूल्य घट्दा सोही आधारमा नेपालमा मूल्य नघटनुको कारण के होला’ ? डिजेल पेट्रोल महँगी नियन्त्रण लगायतका नागरिकका जीवनका अति आवश्यक कुरामा गम्भीर बन्न सरकारलाइ आग्रह गरेका छन् । नेपाली जनताको जनजिवनलाई ध्यानमा राखेर सरकारले पर्नेमा जोड़ दिएका छन् । नेपालमा भएको अस्तब्यस्त बजार मुल्यले जनतालाई ठुलो आर्थिक अभाव भएको बताएका छन् ।

सम्बन्धित समाचारहरु

महाकालीमा नुहाउन गएका दुई किशोरी बेपत्ता

महाकालीमा नुहाउन गएका दुई किशोरी बेपत्ता

बैतडी । महाकाली नदीमा डुबेर बैतडीकी दुई किशोरी बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका-८ की १५ वर्षीया संगीता टमाटा र १४ वर्षीया कविता टमाटा रहेका छन् ।

सँगै रहेका साथीलाई बचाउन खोज्दा चिप्लिएका सैनिकको मृत्यु

हुम्ला । कर्णाली करिडोर निर्माणका लागि हुम्लाको खार्पुनाथ गाउँपालिका–१ को लालिबगरमा खटिएका एक सैनिकको भिरबाट लडेर मृत्यु भएको छ । नेपाली सेनाको विकास कार्यदलमा कार्यरत सुर्खेत घर भएका प्राविधिक अमल्दार टीकाराम लामिछानेको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस