आचार्य र उप्रेतीलाई निशा घिमिरे पुरस्कार

काठमाडौं । निशा घिमिरे स्मृति कोषले अभिनेत्री, मोडल तथा कोरियोग्राफर पवित्रा आचार्य र मोडल उषा उप्रेतीलाई पुरस्कृत गर्ने भएको छ । कोषले बैठकले जनही २५ हजार रकम र सम्मानपत्र स्थापना वर्षको ‘निशा घिमिरे स्मृति पुरस्कार’ बाट आचार्य र उप्रेतीलाई सम्मान दिने निर्णय गरेको हो । यस्तै, कोषका संयोजक दुर्गानाथ दाहालको अध्यक्षतामा बसेको बैठकले नर्भिक अस्पतालका मेघा चौधरी, सञ्चारकर्मी प्रकाश सुवेदी र नवजीवन परोपकार समाजलाई विशेष सम्मान गर्ने निर्णय पनि गरेको छ ।
केही वर्षअघि भारतमा सडक दुर्घटनामा परेकी अभिनेत्री, मोडल निशा घिमिरेलाई नेपालमा ल्याएपछि नवजीवन परोपकार समाजको पहलमा मेघा चौधरीमार्फत नर्भिक अस्पतालमा निशुल्क उपचार गरिएको थियो । ५÷६ महिनाको उपचारपछि उपचाररत् अवस्थामै घिमिरेको गएको भदौ १६ गते निधन भएको थियो । घिमिरे उपचाररत् अवस्थामा नै देश विदेशमा रहेका शुभेच्छुक सहृदयी दाताले उनको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै सहयोग रकम पठाएका थिए । गतवर्ष स्व. घिमिरेको नाममा नवजीवन परोपकार समाज र नेपाल चलचित्र कलाकार संघको पहलमा संरक्षण कोष गठन गरिएको थियो ।
शुभेच्छुक दाता र सञ्चारकर्मी प्रकाश सुवेदीको सक्रियतामा कोषमा जम्मा हुन आएको रकमलाई घिमिरे दिवंगत भएपछि अक्षय कोषमा राखि प्रत्येक वर्ष दुईजना मोडल अभिनेत्रीलाई ‘निशा घिमिरे स्मृति पुरस्कार’ दिने निर्णय भएबमोजिम यस वर्षको पुरस्कार समर्पण गर्ने निर्णय गरिएको हो । स्मृति कोषमा दुर्गानाथ दाहाल, मोहन निरौला र स्व. निशा घिमिरेकी दिदी उषा घिमिरे रहेका छन् । उक्त पुरस्कार र सम्मान भदौ १६ गते एउटा समारोहको आयोजना गरी प्रदान गरिने कोषका सदस्य सचिव मोहन निरौलाले जानकारी दिए ।
काठमाडौं । सुरेन्द्र पौडेलको निर्देशन रहेको फिल्म ‘बाबरी’ को केही नयाँ पोस्टर सार्वजनिक गरिएको छ । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्मको प्रचार प्रसार ब्यापक बनाउन नयाँ पोष्टर सार्वजनिक गरेको हो । पोस्टरमा फिल्मका मुख्य कलाकार धीरज मगर, अदिति बुढाथोकी र धीरज नाडकर देखिएका छन् । पोस्टरमा तीनै कलाकारको मित्रता झल्काउने छ ।
काठमाडौं । बलिउड अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानी ६ वर्षदेखि डेट गरिरहेका थिए । तर यी दुईबीचको रोमान्स टुंगिएको छ । बलिउड सञ्चारमाध्यम अनुसार टाइगरको नाम यतिबेला आकांक्षा शर्मासँग जोडिएको छ । टाइगर र आकांक्षाले यसअघि पनि केही म्युजिक भिडियोमा काम गरिसकेका छन् ।