# भर्खरै
Namaste Icon
Ad

कनकाई नगरपालिकामा नबिल बैंकको डिजीटल बैंकिङ पहुँच अभिवृद्धि कार्यक्रम

कनकाई नगरपालिकामा नबिल बैंकको डिजीटल बैंकिङ  पहुँच अभिवृद्धि कार्यक्रम

काठमाडौ । नबिल बैंकले कनकाई नगरपालिकामा डिजीटल बैंकिङ तथा वित्तीय पहुँच अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । कनकाई नगरपालिकाको कार्यालयमा भएको कार्यक्रममा १ सय ५० जना युवा तथा महिला उद्यमीको उत्साहपूर्ण सहभागिता थियो । दिगो बैंकिङलाई प्रबद्र्धन गर्न गरिएको कार्यक्रममा कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले कृषिको बिस्तार र विकासमा वित्तिय क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताए । उनले नबिलले गर्दै आएको दिगो बैंकिङले युवा तथा महिला उद्यमीलाई आफ्नो व्यापार व्यवसाय प्रबद्र्धन गर्न थप हौसला दिएको बताए ।

सोही अवसरमा उपमेयर आशा शिवाकोटीले रोजगारीका अवसर सृजना गर्न साथै उद्यमशिलता प्रबर्धन गर्न वित्तिय क्षेत्रको विशेष भुमिका रहने जानकारी गराइन । विशेषतः स्थानीय क्षेत्रको कृषि प्रबद्र्धन, युवा तथा महिला उद्यमशिलता, डिजिटल बैंकिग तथा वित्तिय साक्षरतामा केन्द्रित रहेको कार्यक्रममा बोल्दै नबिल बैंकका मेची क्लस्टर प्रमुख सरोज श्रेष्ठले डिजिटल बैंकिङ आजको आवश्यकता भएको र क्युआर कोडले व्यवसायमा पु¥याउने योगदानका विषयमा प्रष्ट पारेको पनि बताए ।

नबिल बैंकका दिगो बैंकिङका प्रमुख लिला प्रसाद ओझाले नबिल दिगो बैंकिङको विभिन्न आयामको बारेमा प्रस्तुति दिनुका साथै कृषि कर्जा, महिला तथा युवा उद्यमशिल कर्जाका बारेमा जानकारी दिए । सरकारले अबलम्बन गरेको दिगो विकासको लक्ष्यलाई सघाउन बैंकले २०७८ असार १५ मा धान दिवसको दिन दिगो बैंकिङको सुरुवात गरेको हो । सुरुमा १७ वटा शाखाबाट सुरु गरेको दिगो बैंकिङ बैंकले हाल १ सय शाखामा विस्तार गरेको छ । दिगो बैंकिङ अन्र्तगत किसान कर्जा र उद्यमशील कर्जा मार्फत ५ सय भन्दा बढी उद्यमीलाई ५५ करोड भन्दा बढी कर्जा प्रवाह गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचारहरु

नेपालबाट २७ देशमा कुकुर र बिरालोको खाना निर्यात, सबैभन्दा बढी अमेरिकामा

काठमाडौं । नेपालले एक वर्षमा करिब ३ अर्ब रुपैयाँको कुकुर र बिरालोको खाना विभिन्न देशमा पठाएको छ । भन्सार विभागकाअनुसार गत आर्थिक वर्ष २०७७/७८ मा नेपालले २७ देशमा उक्त रकम बराबरको कुकुर र बिरालोको खाना पठाएको हो ।

'रियलमी नार्जो ५०ए प्राइम' नेपाली बजारमा

'रियलमी नार्जो ५०ए प्राइम' नेपाली बजारमा

काठमाडौं । स्मार्टफोन कम्पनी रियलमीले नार्जो सिरिजको रियलमी नार्जो ५०ए प्राइम नेपाली बजारमा सार्वजनिक गरेको छ । उक्त स्मार्टफोनले यसका प्रयोगकर्ताहरूलाई अत्याधुनिक प्रविधिको अनुभव प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस