# भर्खरै
Namaste Icon
Ad

अष्ट्रेलियाकी सांसदले बेलायतकी महारानीलाई ‘उपनिवेशवादी’ भनेपछि.....

अष्ट्रेलियाकी सांसदले बेलायतकी महारानीलाई ‘उपनिवेशवादी’ भनेपछि.....

काठमाडौं । अष्ट्रेलियाकी एक आदिवासी सांसदले शपथ ग्रहण गर्ने बेला बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई ‘उपनिवेशवादी’ भनेपछि दोहोर्‍याएर शपथ लिनु परेको छ । सिनेटर लिडिया थोर्पले शपथ ग्रहणको व्यहोरामा आफूखुसी केही शब्द थप्दै महारानी एलिजाबेथ द्वितीयलाई ‘उपनिवेशवादी’ भनेकी हुन् । शपथ लिने स्थानसम्म पुग्दा उनले दायाँ हात माथि उठाउँदै मुठ्ठी कसेकी थिइन् । शपथ लिने क्रममा उनले भनिन्, ‘म सम्प्रभु लिडिया थोर्प पूरा निष्ठा र इमान्दारीका साथ शपथ लिन्छु कि म बफादार रहँदै महारानी एलिजाबेथ द्वितीयको उपनिवेशप्रति सच्चा निष्ठा राख्दछु ।’ उनले यसो भनेपछि सभामुख सु लाइन्सले रोकिन् र शपथको व्यहोरामा लेखिएका शब्दमात्र बाचन गर्न भनिन् । त्यसपछि सिनेटर लिडिया थोर्पले दोहोर्‍याएर शपथ लिनु परेको थियो । शपथ लिइसकेपछि उनले संसदमा मुठ्ठी उठाएको आफ्नो फोटो राख्दै ‘सम्प्रभुता कहिल्यै झुक्दैन’ लेखेर ट्वीट गरेकी छन् ।

गत साता सांसदहरुको शपथ ग्रहणमा उनी अनुपस्थित भएकाले एक्लै शपथ ग्रहण गरेकी थिइन् । थोर्पले भिक्टोरिया राज्यबाट ग्रिन्स पार्टीबाट संसदमा प्रतिनिधित्व गर्छिन् । हाल अष्ट्रेलियामा लेबर पार्टीको नेतृत्वमा सरकार छ । एन्थोनी अल्बानेजी प्रधानमन्त्री पदमा छन् । ९६ वर्षीया रानी एलिजाबेथ अष्ट्रेलिया राज्यको प्रमुख हुन्छिन् । उनलाई साक्षी राखेर शपथ ग्रहण गर्ने गरिन्छ । अष्ट्रेलिया एक सय वर्षभन्दा बढी समयसम्म बेलायतको उपनिवेश थियो । यस अवधिमा हजारौं मूल अष्ट्रेलियाली नागरिक मारिएका थिए भने कयौं बिस्थापित भएका थिए ।

सम्बन्धित समाचारहरु

अश्लील भिडियो पोस्ट गरेकाे भन्दै दुई चर्चित मोडललाई १५ वर्ष जेल

एजेन्सी । अश्लिल भिडियो पोस्ट गरेको भन्दै म्यानमारका दुई चर्चित मोडललाई १५ वर्ष जेल सजाय सुनाइएको छ । दुई प्रख्यात मोडलहरू – नाङ म्वे सान र थिन्जर विन्ट क्यावलाई संस्कृति र मर्यादालाई हानि पुर्याउने कार्य गरेको आरोप लगाइएको छ । उनीहरूले कथित अश्लिल तस्बिर र भिडियो वितरण गरेको र त्यसले म्यानमारको संस्कृति र सम्मानमा हानि पुगेको जुन्ता सेनालेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

भारतको उपराष्ट्रपति बने जगदीप धनखड

भारतको उपराष्ट्रपति बने जगदीप धनखड

काठमाडौं । भारतको उपराष्ट्रपतिमा जगदीप धनखड निर्वाचित भएका छन् । पश्चिम बंगालका पूर्वराज्यपाल जगदीपलाई भारतीय जनता पार्टी (भाजपा)को नेतृत्वमा रहेको सत्तारुढ गठबन्धनले उम्मेदवार बनाएको थियो । धनखडले कूल खसेको मतमा ५ सय २८ प्राप्त गरे। उनका विपक्षी उम्मेदवार मार्गरेट अल्भाले १८२ मत प्राप्त गरेकी भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस