# भर्खरै
Namaste Icon
Ad

वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी बर्खास्त

वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी बर्खास्त

काठमाडौं । आज बसेको मन्त्रिपरिषदको बैठकले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको छ । कार्यकारी अधिकारीले पदीय जिम्मेवारी पूरा गर्न नसकेको, नेतृत्व क्षमता, व्यवस्थापकीय सीप र पद अनुकूलको आचरण प्रदर्शन गर्न नसकेको, गोपनीयता भंग गरेको र निगमलाई वित्तिय हानीनोक्सानी पुर्याएकाले नेपाल वायुसेवा निगम ऐन, २०१९ को दफा ४ को उपदफा ३ र ४ बमोजिम अधिकारीलाई पदबाट हटाइएको हो ।

अधिकारीमाथि भ्रष्टाचारको आरोपमा पर्यटन सचिव महेश्वर न्यौपानेको संयोजत्वमा छानविन समिति गठन भएको थियो । उक्त समितिले मन्त्रिपरिषदलाई प्रतिवेदन बुझाएको छ । अख्तियार दुरुपयोग आयोगले पनि अधिकारीमाथि अनुसन्धान जारी राखेको निगम स्रोतले दृष्टिलाई बताएको छ ।

सम्बन्धित समाचारहरु

राष्ट्रपति भवन अगाडि आत्मदाहको प्रयास

राष्ट्रपति भवन अगाडि आत्मदाहको प्रयास

काठमाडौं । आफू बलात्कृत भएको र प्रशासनले कानूनी लडाइँमा सहयोग नगरेको गुनासोसहित आन्दोलनरत २० वर्षकी निहारिका राजपुतले राष्ट्रपति भवन शितल निवासअघि पुगेर आत्मदाह गर्ने प्रयास गरेकी छिन् । राष्ट्रपति भवनअघि आत्मदाह गर्ने भन्दै उनले शरीरमा पेट्रोल खन्याएकी थिइन् । तर प्रहरीले उनलाई आत्मदाह गर्न नदिइ पक्रेको छ ।

सभामुख सापकोटा र चिनियाँ राजदूत होउबीच भेटवार्ता, के भयो छलफल ?

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेट गरेकी छन् । उनीहरुबीच सभामुखको सरकारी निवास लैनचौरमा शुक्रबार विहान भेटवार्ता भएको हो । भेट दुई देशबीचकोे सम्बन्ध, आपसी हित र चासोका विषयमा केन्द्रित रहेको थियो । सभामुख सापकोटाले हालैको दशकमा चीनले गरिबी निवारणमा हासिल गरेको उपलब्धि, कोभिड महामारी नियन्त्रणमा लिएको पहलकदमी, छिमेक नीति र अन्तर्राष्ट्रिय कूटनीतिमा चीनको परिपक्वताको प्रशंसा गरे ।

प्रतिक्रिया दिनुहोस