# भर्खरै
Namaste Icon
Ad

नयाँ पार्टी बनाउने निर्णय गरेका बाबुरामले बाेलाए केन्द्रीय समिति बैठक 

नयाँ पार्टी बनाउने निर्णय गरेका बाबुरामले बाेलाए केन्द्रीय समिति बैठक 

काठमाडौं । पार्टी पुनर्गठन गर्ने निर्णय भएको आधा महिना बितिसक्दा पनि नयाँ पार्टीको स्पष्ट खाका दिन नसकेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई समूहले साउन २१ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएको छ । २९ असारमा काठमाडौंमा बसेको जनता समाजवादी पार्टीको भट्टरार्ई पक्षीय केन्द्रीय समितिको विस्तारित बैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवमा रुपान्तरण असम्भव भएको भन्दै नयाँ पार्टी बनाउने निर्णय गरेको थियो । भट्टराईको समूहले यसअघि दर्ता भएको पार्टीको नाम परिवर्तन गर्दै १२ साउनमा निर्वाचन आयोगमा नेपाल समाजवादी पार्टी दर्ता गरिसकेको छ ।

नयाँ पार्टी दर्ता भए पनि कस्तो र कुन खाले पार्टी बनाउने भन्नेबारे पार्टीकै नेताहरुबीच मत बाझिएको एक नेताले बताए । अगाडि कसरी जाने भन्ने सन्दर्भमा निर्णय लिन नेपाल समाजवादी पार्टीको केन्द्रीय समितिको पहिलो बैठक बोलाएको हो । नेता गंगानारायण श्रेष्ठले अब कसरी अगाडि बढ्ने भन्नेबारे निर्णय गर्न बैठक बोलाइएको जानकारी दिए । बैठकमा भट्टराई पक्षमा लागेका जसपाकालीन केन्द्रीय सदस्यहरु सहभागि हुने छन् ।

सम्बन्धित समाचारहरु

काठमाडाैं । राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनबाट नेकपा एमालेका कुमार दसौंदी र नेपाली कांग्रेसबाट माधवप्रसाद आचार्यले मनोनयन दर्ता गराएका छन्। यही माघ २५ गते हुने उपनिर्वाचनका लागि दसौंदी र आचार्यले दाङको घोराहीस्थित प्रदेश निर्वाचन अधिकृतको कार्यालयमा पुगी मनोनयन दर्ता गरेका हुन् । उनीहरु दुवै जना रोल्पाका हुन् ।

वामदेव गौतमलाई माधव नेपालले गरे यस्ताे प्रस्ताव

काठमाडौं । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले वामदेव गौतमलाई आफ्नो पार्टीमा आउन प्रस्ताव गरेका छन् । एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा मंगलबार भएको भेटमा अध्यक्ष नेपालले आफ्नो पार्टीमा आउन गौतमसँग आग्रह गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

Ad