# भर्खरै
Namaste Icon
Ad

उम्मेदवारी दिएपछि सांसदको पद स्वतः सकिन्छ : प्रमुख निर्वाचन आयुक्त

उम्मेदवारी दिएपछि सांसदको पद स्वतः सकिन्छ : प्रमुख निर्वाचन आयुक्त

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको पद उम्मेदवारी दर्ता गरेसँगै सकिने बताएका छन् । बिहीबार पत्रकार सम्मेलन आयोजना गरेर प्रमुख निर्वाचन आयुक्त थपलियाले सो कुरा बताएका हुन् । उनले त्यसको कानुनी व्याख्या गरेर आयोगले सार्वजनिक गर्न पनि बताएका छन् । सबै उम्मेदवारका लागि समान प्रतिस्पर्धाको वातावरण बनाउनका लागि बहालवाला सांसदको पदावधिबारे टुंगो लगाइने बताएका हुन् ।

उनले भने, ‘प्रतिनिधिसभा र प्रदेश सभाको पदमा उम्मेदवारी दिएपछि, दसैंलगत्तै उम्मेदवारी दर्ता गर्नुपर्ने गरी मिति तय गर्नुपर्ने देखिन्छ, उम्मेदवारी दिएपछि निजहरूको पद स्वतः सकिएको मानिनुपर्छ भन्ने आयोगको धारणा छ । कानुनसम्मत ढंगले व्याख्या गरेर अगाडि बढाउँछौं ।’ प्रदेश सभा र प्रतिनिधिसभाको कार्यकालको व्याख्या भने आयोगले नगर्ने थपलियाको भनाइ थियो । उनले निर्वाचित भएको मितिबाट कार्यकाल सुरु हुने र त्यसको पाँच वर्षमा सकिने व्यवस्था पनि स्मरण गराए ।

सम्बन्धित समाचारहरु

राष्ट्रपति भवन अगाडि आत्मदाहको प्रयास

राष्ट्रपति भवन अगाडि आत्मदाहको प्रयास

काठमाडौं । आफू बलात्कृत भएको र प्रशासनले कानूनी लडाइँमा सहयोग नगरेको गुनासोसहित आन्दोलनरत २० वर्षकी निहारिका राजपुतले राष्ट्रपति भवन शितल निवासअघि पुगेर आत्मदाह गर्ने प्रयास गरेकी छिन् । राष्ट्रपति भवनअघि आत्मदाह गर्ने भन्दै उनले शरीरमा पेट्रोल खन्याएकी थिइन् । तर प्रहरीले उनलाई आत्मदाह गर्न नदिइ पक्रेको छ ।

सभामुख सापकोटा र चिनियाँ राजदूत होउबीच भेटवार्ता, के भयो छलफल ?

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेट गरेकी छन् । उनीहरुबीच सभामुखको सरकारी निवास लैनचौरमा शुक्रबार विहान भेटवार्ता भएको हो । भेट दुई देशबीचकोे सम्बन्ध, आपसी हित र चासोका विषयमा केन्द्रित रहेको थियो । सभामुख सापकोटाले हालैको दशकमा चीनले गरिबी निवारणमा हासिल गरेको उपलब्धि, कोभिड महामारी नियन्त्रणमा लिएको पहलकदमी, छिमेक नीति र अन्तर्राष्ट्रिय कूटनीतिमा चीनको परिपक्वताको प्रशंसा गरे ।

प्रतिक्रिया दिनुहोस