# भर्खरै
Namaste Icon
Ad

‘भ्वाइस अफ नेपाल’काे सिजन ४ मा निर्णायक फेरिए

‘भ्वाइस अफ नेपाल’काे सिजन ४ मा निर्णायक फेरिए

काठमाडाैं । ‘द भ्वाइस अफ नेपाल’ सिजन ४ को लागि दुई निर्णायक परिवर्तन गरिएको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच यसबारेमा जानकारी गराइएको हो ।परिवर्तित निर्णयकमा राजेशपायल राई र प्रविशा अधिकारी छन् । त्यस्तै पुराना निर्णयक प्रमोद खरेल र राजु लामाले यस सिजनमा पनि निरन्तरता पाउने भएका छन् ।

गायन रियालिटी शोको टाइटल स्पोन्सरमा बजाज पल्सर रहेको छ । सिजन ४ को निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । डिजिटल अडिशनमा सहभागी भएका करिव ४१ हजार आवेदक मध्येबाट छानिएका १२० बढी प्रतिभाहरु ब्लाइण्ड अडिशनको तयारीमा रहेका छन् ।

अडिशनमा नेपालसहित विभिन्न देशमा बसोवास गर्ने नेपालीभाषी प्रतिभाहरुले पनि उत्साहजनक सहभागिता जनाएको आयोजकले जनाएको छ । भारत, थाइल्याण्ड, बर्मा, अस्ट्रेलिया र अमेरिका बासोवास गरिरहेका नेपालभूमीका प्रतिभाहरुले पनि अडिसनमा सहभागीता जनाएको आयोजकको भनाइ छ ।

कार्यक्रममा बोल्दै गायक राजेशपायल राईले कार्यक्रमले नयाँ प्रतिभाको खोजिमा जोड दिने बताए । राईले आफ्नो खोजि पनि प्रतिभाकै खोजिमा रहने र राम्रोलाई प्रोत्साहन गर्नेमा हुने बताए । त्यस्तै गायिका प्रविशा अधिकारीले आफ्नो लागि यो चुनौतीको विषय भएको बताइन् । वरिष्ठ कलाकारसँग बसेर निर्णय गर्नु आफैँमा कठिन रहेको उनको भनाए छ ।

तीनवटै सिजनदेखि मुख्य कोच रहँदै आएका दीप श्रेष्ठ र गतवर्ष कोच रहेकी तृष्णा गुरुङ यो सिजनमा भने रहने छैनन् । आगामी एक महिनाभित्र नै सिजन ४ को प्रशारण शुरु हुने आयोजकले जनाएको छ । शो हरेक शुक्रवार राति शनिवार राति ८ बजे हिमालय टेलिभिजनबाट प्रशारण हुनेछ ।

सम्बन्धित समाचारहरु

त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको  ‘बाबरी’ को नयाँ पोस्टर सार्वजनिक

काठमाडौं । सुरेन्द्र पौडेलको निर्देशन रहेको फिल्म ‘बाबरी’ को केही नयाँ पोस्टर सार्वजनिक गरिएको छ । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्मको प्रचार प्रसार ब्यापक बनाउन नयाँ पोष्टर सार्वजनिक गरेको हो । पोस्टरमा फिल्मका मुख्य कलाकार धीरज मगर, अदिति बुढाथोकी र धीरज नाडकर देखिएका छन् । पोस्टरमा तीनै कलाकारको मित्रता झल्काउने छ ।

दिशा पटानीसँग छुट्टिएका टाइगर श्राफकाे नाम आकांक्षा शर्मासँग जाेडियाे

काठमाडौं । बलिउड अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानी ६ वर्षदेखि डेट गरिरहेका थिए । तर यी दुईबीचको रोमान्स टुंगिएको छ । बलिउड सञ्चारमाध्यम अनुसार टाइगरको नाम यतिबेला आकांक्षा शर्मासँग जोडिएको छ । टाइगर र आकांक्षाले यसअघि पनि केही म्युजिक भिडियोमा काम गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस