# भर्खरै
Namaste Icon
Ad

चारवटा सुनको औंठीसहित दुबईबाट आएका दुई जना पक्राउ

चारवटा सुनको औंठीसहित दुबईबाट आएका दुई जना पक्राउ

काठमाडौं । नेपाल एयरलाइन्सको विमानमार्फत दुबईबाट काठमाडौं आएका दुईजना व्यक्ति चारवटा औंठीसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङका विवेक तिम्सिना र काठमाडौं दक्षिणकालीका साजन श्रेष्ठ छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार तिम्सिना र श्रेष्ठले ८०/८० ग्राम सुनको औंठी काठमाडौं ल्याएका थिए ।

विमानस्थल प्रहरीले घटनाबारे जानकारी दिन जारी गरेको प्रेस विज्ञप्तिमा दुई जनाको गतिविधि ‘शंकास्पद’ देखिएकाले आगमन टनेल गेटबाट नियन्त्रणमा लिइएको भनिएको छ । उनीहरुले अवैधरुपमा लुकाइ छिपाइ भन्सार छलेर औंठी लान लागेको भन्दै प्रहरीले थप अनुसन्धान र कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भनसार कार्यालय, गौचरमा बुझाएको छ ।

सम्बन्धित समाचारहरु

डेढ किलो सुनसहित पक्राउ परेका भारतीय नागरिक जेल चलान

डेढ किलो सुनसहित पक्राउ परेका भारतीय नागरिक जेल चलान

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ किलो सुनसहित पक्राउ परेका भारतीय नागरिक यूसुफ हारोन जेल चलान भएका छन्। सुन भन्सार चोरी पैठारीमा मुद्दा चलाइएका हारोनलाई मंगलबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो । जिल्ला अदालतका न्यायाधीश इन्द्रकुमार चोङ्टेन्लीलले हारोनलाई थुनामा पठाउने आदेश दिएका हुन् ।

निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । पूर्वाधार विकास कार्यालय रौतहटका तत्कालीन निमित्त कार्यालय प्रमुख इन्जिनियर शिवजी प्रसाद राय, लेखा अधिकृत र निर्माण कार्य उपभोक्ता समितिका अध्यक्षसहित पाँचजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी लाभ तथा हानी पुर्याउने गरी १६ लाख ५९ लाख ९७२ रुपैयाँ हिनामिना गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया दिनुहोस