# भर्खरै
Namaste Icon
Ad

एआईजी पोखरेल आजबाट अनिवार्य अवकाशमा

एआईजी पोखरेल आजबाट अनिवार्य अवकाशमा

काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले अनिवार्य अवकाश पाएका छन् । ५६ वर्षे उमेर हदका कारण एआईजी पोखरेलले आज (शुक्रबार)बाट अनिवार्य अवकाश पाएका हुन् । सरकारले आफूभन्दा जुनियर धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजी) बनाएको भन्दै पोखरेलले वैशाख १९ गते सर्वोच्चमा रिट हालेका थिए । सर्वोच्चले असार ३१ गते रिट नै खारेज गरिदिएपछि पोखरेलले राजीनामा दिएका थिए । पोखरेलले पेस गरेको राजीनामा मन्त्रिपरिषद्‌बाट स्वीकृत हुने पर्नेमा प्रहरी प्रधन कार्यालयले उक्त राजीनामा अघि नै नबढाइ राखेको थियो ।

केही समयपछि आफैं अनिवार्य अवकाशमा जान लागेको भन्दै प्रहरी प्रधान कार्यालयले राजीनामा प्रक्रिया अघि नबढाएको जनाएको थियो । अन्ततः ५६ वर्षे उमेरहदका कारण उनी अनिवार्य अवकाशमा गएका छन् । उनी अवकाशमा गएसँगै नेपाल प्रहरीमा एक एआईजीको दरबन्दी रिक्त भएको छ ।

 

सम्बन्धित समाचारहरु

राष्ट्रपति भवन अगाडि आत्मदाहको प्रयास

राष्ट्रपति भवन अगाडि आत्मदाहको प्रयास

काठमाडौं । आफू बलात्कृत भएको र प्रशासनले कानूनी लडाइँमा सहयोग नगरेको गुनासोसहित आन्दोलनरत २० वर्षकी निहारिका राजपुतले राष्ट्रपति भवन शितल निवासअघि पुगेर आत्मदाह गर्ने प्रयास गरेकी छिन् । राष्ट्रपति भवनअघि आत्मदाह गर्ने भन्दै उनले शरीरमा पेट्रोल खन्याएकी थिइन् । तर प्रहरीले उनलाई आत्मदाह गर्न नदिइ पक्रेको छ ।

सभामुख सापकोटा र चिनियाँ राजदूत होउबीच भेटवार्ता, के भयो छलफल ?

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेट गरेकी छन् । उनीहरुबीच सभामुखको सरकारी निवास लैनचौरमा शुक्रबार विहान भेटवार्ता भएको हो । भेट दुई देशबीचकोे सम्बन्ध, आपसी हित र चासोका विषयमा केन्द्रित रहेको थियो । सभामुख सापकोटाले हालैको दशकमा चीनले गरिबी निवारणमा हासिल गरेको उपलब्धि, कोभिड महामारी नियन्त्रणमा लिएको पहलकदमी, छिमेक नीति र अन्तर्राष्ट्रिय कूटनीतिमा चीनको परिपक्वताको प्रशंसा गरे ।

प्रतिक्रिया दिनुहोस