उपेन्द्र यादवको क्षेत्रबाट चुनाव लड्ने सिके राउतको घोषणा

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउत सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा चुनाव लड्ने भएका छन् । उक्त पार्टीको केन्द्रीय कमिटी बैठकले राउतलाई उक्त क्षेत्रमा चुनाव लडाउने निर्णय गरेको नेता बिपी साहले जानकारी दिए ।
साहका अनुसार बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष राउतलाई उक्त क्षेत्रबाट प्रतिष्पर्धा गराउने तय गरेको हो । उक्त क्षेत्रबाट गत निर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका थिए । यादवले सोही क्षेत्रबाट निर्वाचन लड्ने तयारी गरिरहँदा राउतले चुनौती दिने भएका हुन् ।
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको पसिना खानेहरूको हिसाब गर्नुपर्ने बताएका छन् । पार्टीको बागमती प्रदेश भेलालाई सम्बोधन गर्दै लामिछानेले जनतालाई झूटा आश्वासन देखाएर पैसा उठाएर खानेहरूको खाता खोलेर हिसाब गर्नुपर्ने समय आएको बताएका हुन् ।
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी महामन्त्री कुन्ती शाही र केन्द्रीय सदस्य रेखा थापाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेले राप्रपासँग तालमेल गर्न सक्ने आंकलनका बीच उनीहरूबीच भेटवार्ता भएको हो ।