तत्कालै ब्याजदर नबढाउने सहमति

काठमााडौं । नेपाल बैकर्स संघले तत्कालै ब्याजदर नबढाउने सहमति गरेको छ । संघको शुक्रबार बसेको बैठकले अहिलेको लागि ब्याजदर यथावत राख्ने सहमति भएको हो । साउन महिनामा ब्याजदर परिवर्तन गर्न मिल्ने भए पनि यो महिना बैंकहरुले ब्याजदर यथावत राख्ने सहमति भएको बैंकर संघका अध्यक्ष अनिल उपाध्यायले जानकारी दिए ।
नेपाल राष्ट्र बैंकले नीतिगत दरहरु परिवर्तन गरेपछि ब्याजदर परिवर्तन गर्न सक्ने व्यवस्था गरेको थियो । राष्ट्र बैंकले बैंकदरलाई ७ प्रतिशतबाट बढाएर साढे ८ प्रतिशत बनाएको छ । यस्तै एकीकृत निर्देशिकामा संस्थागत तर्फ मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगतभन्दा २ प्रतिशत बिन्दुले कम हुनुपर्ने निर्देशन दिएको हो ।
काठमाडौं । नेपालले एक वर्षमा करिब ३ अर्ब रुपैयाँको कुकुर र बिरालोको खाना विभिन्न देशमा पठाएको छ । भन्सार विभागकाअनुसार गत आर्थिक वर्ष २०७७/७८ मा नेपालले २७ देशमा उक्त रकम बराबरको कुकुर र बिरालोको खाना पठाएको हो ।
काठमाडौं । स्मार्टफोन कम्पनी रियलमीले नार्जो सिरिजको रियलमी नार्जो ५०ए प्राइम नेपाली बजारमा सार्वजनिक गरेको छ । उक्त स्मार्टफोनले यसका प्रयोगकर्ताहरूलाई अत्याधुनिक प्रविधिको अनुभव प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।