# भर्खरै
Namaste Icon
Ad

केपी ओलीसँग निर्वाचन लड्ने रञ्जित तामाङकाे घोषणा

केपी ओलीसँग निर्वाचन लड्ने रञ्जित तामाङकाे घोषणा

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निर्वाचन लड्ने घोषणा गरेका छन् । सरकारले मंसिर ४ गते चुनावको समिति घोषणा गरेपछि तामाङले ओलीसँग प्रतिस्पर्धामा उत्रने बताएका हुन् । गठबन्धनमा सहभागी माओवादी नेता तामाङले टिकट पाए ओलीलाई पराजित गर्ने क्षमता आफूसँग रहेको दाबी गरे ।

‘गठबन्धनमा भागबन्डा गर्दा झापा क्षेत्र नम्बर ५ माओवादीको भागमा परे म केपी ओलीविरुद्ध उठ्छु । जितेरै देखाउँछु,’ उनले भने । ०७४ सालको निर्वाचनमा ओलीले ५७ हजार १ सय ३९ मत ल्याएर विजयी भएका थिए । प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्र अधिकारीले २८ हजार २ सय ९७ मत ल्याएका थिए । ओली माओवादी र राप्रपासँग गठबन्धन गरेर चुनाव जितेका थिए । अधिकारी एकल रुपमा प्रतिस्पर्धा गरेका थिए ।

सम्बन्धित समाचारहरु

११ सयभन्दा बढी मानिसले राेजगारी गर्ने हेटौंडा कपडा उद्योग बन्द गर्नेको हिसाब खोज्नुपर्छ: रवि लामिछाने

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको पसिना खानेहरूको हिसाब गर्नुपर्ने बताएका छन् । पार्टीको बागमती प्रदेश भेलालाई सम्बोधन गर्दै लामिछानेले जनतालाई झूटा आश्वासन देखाएर पैसा उठाएर खानेहरूको खाता खोलेर हिसाब गर्नुपर्ने समय आएको बताएका हुन् ।

ओलीलाई भेट्न बालकोट पुगे कुन्ती शाही र रेखा थापा

ओलीलाई भेट्न बालकोट पुगे कुन्ती शाही र रेखा थापा

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी महामन्त्री कुन्ती शाही र केन्द्रीय सदस्य रेखा थापाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेले राप्रपासँग तालमेल गर्न सक्ने आंकलनका बीच उनीहरूबीच भेटवार्ता भएको हो ।

प्रतिक्रिया दिनुहोस