# भर्खरै
Namaste Icon
Ad

क्यानाडा पठाइदिन्छु भन्दै ७ लाख ठगी गर्ने एक पक्राउ

क्यानाडा पठाइदिन्छु भन्दै ७ लाख ठगी गर्ने एक पक्राउ

काठमाडौं । प्रहरीले ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-१ घर भई काठमाडौं महानगरपालिका-६ बस्दै आएकी ४७ वर्षीया छिरिङ डोमा शेर्पालाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । उनका अनुसार शर्पाले क्यानाडा पठाइदिने भन्दै सात लाख ठगी गरेको आरोप छ। प्रहरीले शेर्पालाई शुक्रबार गौशालाबाट पक्राउ गरेको हो ।

प्रहरीले पीडितलाई क्यानाडा जान १४ लाख लाग्ने र मासिक दुई लाखभन्दा बढी तलब पाउने राम्रो कम्पनीमा काम लगाइदिन्छु भनेर ठगी गरेको आरोप छ । प्रहरी उपरीक्षक कोइरालाका अनुसार शेर्पाले पीडितलाई प्रलोभनमा पारी रकम लिई सम्पर्कविहिन भएकी थिइन् ।सम्पर्कविहीन भएकी उनलाई वैदेशिक रोजगार विभागले खोजतलास गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पत्राचार गरेको थियो । प्रहरीले शेर्पालाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाएको जनाएको छ।

सम्बन्धित समाचारहरु

डेढ किलो सुनसहित पक्राउ परेका भारतीय नागरिक जेल चलान

डेढ किलो सुनसहित पक्राउ परेका भारतीय नागरिक जेल चलान

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ किलो सुनसहित पक्राउ परेका भारतीय नागरिक यूसुफ हारोन जेल चलान भएका छन्। सुन भन्सार चोरी पैठारीमा मुद्दा चलाइएका हारोनलाई मंगलबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो । जिल्ला अदालतका न्यायाधीश इन्द्रकुमार चोङ्टेन्लीलले हारोनलाई थुनामा पठाउने आदेश दिएका हुन् ।

निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । पूर्वाधार विकास कार्यालय रौतहटका तत्कालीन निमित्त कार्यालय प्रमुख इन्जिनियर शिवजी प्रसाद राय, लेखा अधिकृत र निर्माण कार्य उपभोक्ता समितिका अध्यक्षसहित पाँचजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी लाभ तथा हानी पुर्याउने गरी १६ लाख ५९ लाख ९७२ रुपैयाँ हिनामिना गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया दिनुहोस