# भर्खरै
Namaste Icon
Ad

४३ जना डीएसपीको सरुवा, काे कहाँ (सूचीसहित)

४३ जना डीएसपीको सरुवा, काे कहाँ (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ४३ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले उनीहरूको काज सरुवा गरेको हो । जसमा राजकुमार श्रेष्ठलाई वृत्त जगाती, गणेश बहादुर बम वृत्त सोह्रखुट्टे, वृत्त बालाजुमा रविन विष्टलाई सरुवा गरिएको छ । यसबाहेक वीरेन्द्र गोदार जिप्रका संखुवासभा, कोपिला चुडाल वृत्त दरबारमार्ग, अंगुर जिसीकाे वृत्त महाराजगञ्ज सरुवा भएको छ ।

सम्बन्धित समाचारहरु

राष्ट्रपति भवन अगाडि आत्मदाहको प्रयास

राष्ट्रपति भवन अगाडि आत्मदाहको प्रयास

काठमाडौं । आफू बलात्कृत भएको र प्रशासनले कानूनी लडाइँमा सहयोग नगरेको गुनासोसहित आन्दोलनरत २० वर्षकी निहारिका राजपुतले राष्ट्रपति भवन शितल निवासअघि पुगेर आत्मदाह गर्ने प्रयास गरेकी छिन् । राष्ट्रपति भवनअघि आत्मदाह गर्ने भन्दै उनले शरीरमा पेट्रोल खन्याएकी थिइन् । तर प्रहरीले उनलाई आत्मदाह गर्न नदिइ पक्रेको छ ।

सभामुख सापकोटा र चिनियाँ राजदूत होउबीच भेटवार्ता, के भयो छलफल ?

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेट गरेकी छन् । उनीहरुबीच सभामुखको सरकारी निवास लैनचौरमा शुक्रबार विहान भेटवार्ता भएको हो । भेट दुई देशबीचकोे सम्बन्ध, आपसी हित र चासोका विषयमा केन्द्रित रहेको थियो । सभामुख सापकोटाले हालैको दशकमा चीनले गरिबी निवारणमा हासिल गरेको उपलब्धि, कोभिड महामारी नियन्त्रणमा लिएको पहलकदमी, छिमेक नीति र अन्तर्राष्ट्रिय कूटनीतिमा चीनको परिपक्वताको प्रशंसा गरे ।

प्रतिक्रिया दिनुहोस