# भर्खरै
Namaste Icon
Ad

मेलिना राईले तोडिन् इंगेजमेन्ट, फेसबुकमा लेखिन यस्ताे स्ट्याटस

मेलिना राईले तोडिन् इंगेजमेन्ट, फेसबुकमा लेखिन यस्ताे स्ट्याटस

काठमाडौं । गायिका मेलिना राईले केही समयअघि संगीतकार सञ्जीव बराइलीसँग गरेको इंगेजमेन्ट तोडेकी छिन् । सामाजिक सञ्जालमार्फत उनले आफूहरुबीच वैज्ञारिक पक्षमा मतभेद भएका कारण सम्बन्धलई तोड्ने निर्णय गरेको बताएकी छिन् । मेलिनाले सामाजिक सञ्जालमार्फत आफूहरुबीच वैज्ञारिक रुपमा मतभेद देखिएको र विचारमा मेल नखाएका कारण धेरै आत्मसमीक्षापछि यस्तो निर्णय गरेको बताएकी छिन् ।

‘केही समय अगाडि मैले आफ्नो इंगेजमेन्ट गरेको कुरा यसै सामाजिक सञ्जालमार्फत् घोषणा गरेको थिएँ’, उनले लेखेकी छिन्, ‘त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो। एउटा परिस्थितिमा हामी दुईबीच भविष्यमा सँगै जीवन बिताउने सोचसहित त्यो निर्णय गरिएको थियो। समय छोटै भए पनि जिन्दगीको बारेमा लामो विमर्श भयो । हामीबीच वैचारिक पक्षमा स्पष्ट मतभेद देखिन थाल्यो, अर्थात हाम्रो विचारमा मेल खान सकेन। धेरै समीक्षा, आत्मासमीक्षापछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो ।’

उनले सबै इंगेजमेन्ट विवाहमा परिणत हुनैपर्छ भन्ने बाध्यकारी अवस्था पनि नभएको लेखेकी छिन्। उनले आजबाट आफूले सञ्जीवसँगको सम्बन्ध तोडेको बताउँदै आफ्ना शुभचिन्तकमाथि पर्न गएको असरप्रति माफी पनि मागेकी छिन्।

उनी लेख्छिन्, ‘यो बीचमा सम्पूर्ण शुभचिन्तकहरुमा पर्न गएको भावनात्मक असरप्रति क्षमाप्रार्थी छु, साथै भविष्यमा अझ मेहनत गरेर सांगीतिक क्षेत्रबाटै देशको सेवा गरिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछु।’

 

सम्बन्धित समाचारहरु

काठमाडौं । आफ्नै नाम, शान र पहिचान सहित सम्पन्न भएको‘पाँचौ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’को पाँचौ संस्करण २०२२ को समापन तथा विभिन्न कारणले अवार्ड कार्यक्रममा उपस्थित हुन नसकी अवार्ड लिन नसकेका चलचित्रकर्मीहरुलाई अवार्ड वितरण कार्यक्रम काठमाडौंमा भव्यताको साथ सम्पन्न भएको थियाे । संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यको डेनभर शहरमा आयोजना गरिएको उक्त अवार्ड सभ्य तथा भब्यताको साथ सम्पन्न भएको थियो । बिगत ५ बर्ष देखि चलचित्रकर्मीहरुलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ‘ग्लोबल नेपाली फिल्म अवार्ड’को आयोजना गरिदैं आएको उक्त अबसरमा ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नबराज श्रेष्ठले बताएका छन् ।

काठमाडौं । फिल्म ‘ब्लड मनी’बाट अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियाको एक फिल्म फेस्टिभलमा सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् । सिड्नीमा सम्पन्न टाइटन फिल्म फेस्टिभलबाट ऋचाले उक्त अवार्ड जितेकी हुन् । ट्रफी बोकेर उनी आगामी बुधबार नेपाल फर्कने तयारी छ ।

प्रतिक्रिया दिनुहोस

Ad