# भर्खरै
Namaste Icon
Ad

राष्ट्रिय जनमोर्चा भुमिकास्थान १ द्वारा श्रद्धाञ्जली सभा सम्पन्न

राष्ट्रिय जनमोर्चा भुमिकास्थान १ द्वारा श्रद्धाञ्जली सभा सम्पन्न

माधव खनाल, अर्घाखाँची । राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगरपालिका १ अर्घाखाँचीद्वारा भुमिकास्थान नगरपालिका वार्ड १ भगवती टोलसुधार समिति ओखटेका सदस्यद्वय ज्ञानप्रसाद खनाल र मोतिराम खनालकी आमा हरिलाल खनालकी श्रीमती स्वर्गीय धनकुमारी खनालको आठौं दिनको पुण्यतिथि पारी उनकै निवास भुमिकास्थान नगरपालिका वार्ड १ ओखटेमा श्रद्धाञ्जली शभा सम्पन्न गरेको छ । राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश सदस्य एवंम अर्घाखाँची जिल्ला सचिव बाबुराम पन्थी सुनारले शोक मन्तव्य राख्दै राष्ट्रिय जनमोर्चाले भुमिकास्थान १ को कुसल अभिभावक गुमाउदा आज आफू र आफ्नो पार्टीलाई अतुलनीय क्षति पुगेको बताए ।

श्रद्धाञ्जली शभामा राष्ट्रिय जनमोर्चा जिल्ला कमिटी सदस्य मेघराज खनाल जातीय समातासमाजका गोपाल बिक, अखिल नेपाल किसान संघका सालिकराम खनाल लगायतको उपस्थिति रहेको थियो । श्रद्धाञ्जली कार्यक्रम स्वर्गीय धनकुमारि खनालका जेष्ठ छोरा ज्ञानप्रसाद खनालको अध्यक्षता र भोजराज खनालको संचालनमा सम्पन्न भएको थियो ।

स्वर्गीय खनालको यहि श्रावण १५ गते ७८ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको थियो । खनालका श्रीमान तीन छोरा बुहारी चार छोरी ज्वाइँ र नातिनातिना छन् । स्वर्गीय खनालका तीन छोरा मध्ये कान्छो छोरा रोमाखर खनालको केही समय पहिला नै निधन भएको थियो ।

सम्बन्धित समाचारहरु

काभ्रे । नेपाली कांग्रेस काभ्रेका सभापति एवं बाग्मती प्रदेशका सभाका ‍सदस्य तीर्थ लामाले खानीखोलाका जनताको पनि धुलिखेल र बनेपाका जनताको जस्तो जिवनस्तर हुनु पर्नेमा जोड दिएका छन् । खानीखोला गाउँपालिकाद्वारा आयोजित बृहत सोनाम ल्होछार कार्यक्रमलाई सम्बोधन गर्दै सांसद लामाले जिवनस्तर सुधार गर्न आफू लागिपर्ने बताएका हुन् । उनले भने, ‘ आम नागरिकको मुहारमा सुखि ल्याउने सोचेर यस प्रदेशमा काम गर्न आएको छु । राजनीतिक गर्ने राजनीतिकर्मी धेरै आउनु भयो, तर वास्तविक रुपमा जनताको लागि र यस ठाउँको लागि राजनीतिक गर्ने व्यक्त्ति हामीले नपाएर आज हाम्रो यो ठाउँ र यहाँका जिवनस्तर धेरै पछाडी परेको छ ।

बागमती प्रदेशमा अब कुन-कुन मन्त्रालय रहन्छन् ?

काठमाडाैं । बागमती प्रदेशमा १४ बाट मन्त्रालयको संख्या घटाएर ११ मा झारिने भएकाे छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पुस २६ गते पदभार ग्रहण गर्दै प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा १५ दिनभित्र प्रदेशको मन्त्रालयको अध्ययन गरेर संख्या निर्धारण गर्दै प्रतिवेदन बुझाउन निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

Ad