# भर्खरै
Namaste Icon
Ad

प्रिती आलेकाे निर्देशनमा तयार भयाे तिज गित 'भेलु बाजे डान्स' (भिडियोसहित)

प्रिती आलेकाे निर्देशनमा तयार भयाे तिज गित 'भेलु बाजे डान्स' (भिडियोसहित)

काठमाडौं । लोकप्रिय गायिका प्रिती आले र गायक राजेश बर्देवाको नयाँ तिज गित 'भेलु बाजे डान्स' को म्यूजिक भिडियो सार्बजनिक भएको छ । प्रतिभा शर्माको शब्द, प्रिय कुमारको संगीत र केशब बाबुको एरेन्ज रहेको छ । दर्जनौ चर्चित गीतहरुमा स्वर दिएर चर्चामा रहेकी गायिका प्रिती आले र लोकप्रिय गायक राजेश बर्देवाको सहकार्यमा तयार भएको सार्बजनिक म्यूजिक भिडियोलाइ गायिका प्रिती आलेले नै निर्देशन गरेकी छन, भने दुर्गा पौडेलले छायांकन गरेको भिडियोलाइ नबिन घर्ति मगरले सम्पादन गरेका हुन् । भिडियोमा प्रिती आले र राजेश बर्देवा लगायत अन्य कलाकारहरुलाई फिचर्ड गरिएको छ ।

सम्बन्धित समाचारहरु

काठमाडौं । आफ्नै नाम, शान र पहिचान सहित सम्पन्न भएको‘पाँचौ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’को पाँचौ संस्करण २०२२ को समापन तथा विभिन्न कारणले अवार्ड कार्यक्रममा उपस्थित हुन नसकी अवार्ड लिन नसकेका चलचित्रकर्मीहरुलाई अवार्ड वितरण कार्यक्रम काठमाडौंमा भव्यताको साथ सम्पन्न भएको थियाे । संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यको डेनभर शहरमा आयोजना गरिएको उक्त अवार्ड सभ्य तथा भब्यताको साथ सम्पन्न भएको थियो । बिगत ५ बर्ष देखि चलचित्रकर्मीहरुलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ‘ग्लोबल नेपाली फिल्म अवार्ड’को आयोजना गरिदैं आएको उक्त अबसरमा ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नबराज श्रेष्ठले बताएका छन् ।

काठमाडौं । फिल्म ‘ब्लड मनी’बाट अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियाको एक फिल्म फेस्टिभलमा सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् । सिड्नीमा सम्पन्न टाइटन फिल्म फेस्टिभलबाट ऋचाले उक्त अवार्ड जितेकी हुन् । ट्रफी बोकेर उनी आगामी बुधबार नेपाल फर्कने तयारी छ ।

प्रतिक्रिया दिनुहोस

Ad