काठमाडाैं | नेकपा एकीकृत समाजवादीका चार जना सांसदले संसदीय समितिको जिम्मा पाएका छन् । मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अग्नि सापकोटाले संसदीय समितिमा सदस्यहरू हेरफेरको सूचना सुनाएका हुन् । मन्त्रीबाट हटेपछि संसदीय समितिमा नरहेका नेकपा एसका तीन सांसदले समितिमा जिम्मा पाएका छन् ।
जसअनुसार रामकुमारी झाक्रीले अर्थ समिति रोजेकी छन् भने विरोध खतिवडा सार्वजनिक लेखा समितिमा गएका छन् । यस्तै कृष्णकुमार श्रेष्ठ राज्य व्यवस्था समितिमा गएका छन् । धनबहादुर बुढा सार्वजनिक लेखा समितिबाट शिक्षा तथा स्वास्थ्य समितिमा गएका छन् ।
सम्बन्धित समाचारहरु
काठमाडाैं । राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनबाट नेकपा एमालेका कुमार दसौंदी र नेपाली कांग्रेसबाट माधवप्रसाद आचार्यले मनोनयन दर्ता गराएका छन्। यही माघ २५ गते हुने उपनिर्वाचनका लागि दसौंदी र आचार्यले दाङको घोराहीस्थित प्रदेश निर्वाचन अधिकृतको कार्यालयमा पुगी मनोनयन दर्ता गरेका हुन् । उनीहरु दुवै जना रोल्पाका हुन् ।
काठमाडौं । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले वामदेव गौतमलाई आफ्नो पार्टीमा आउन प्रस्ताव गरेका छन् । एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा मंगलबार भएको भेटमा अध्यक्ष नेपालले आफ्नो पार्टीमा आउन गौतमसँग आग्रह गरेका हुन् ।