# भर्खरै
Namaste Icon
Ad

देशभक्तिपूर्ण चलचित्र बनाउँदा राज्यबाट पाउनुपर्ने साथ र सहयोग पाएका छैनौं : नवल खड्का

देशभक्तिपूर्ण चलचित्र बनाउँदा राज्यबाट पाउनुपर्ने साथ र सहयोग पाएका छैनौं : नवल खड्का

काठमाडौं । विभिन्न दलका नेताहरुले कलाकार नवल खड्काले निर्माण गरेको चलचित्र ‘काँडेतार’ को सफलताको शुभकामना गरेका छन् । देशभक्तको भावनाले ओतपोत रहेको उक्त चलचित्र छिट्टै प्रदर्शनमा आउँदैछ । चलचित्र प्रदर्शनमा आउनुपुर्व निर्माण पक्षले आज (बुधबार) ‘चलचित्र काँडेतार, नेपाल र छिमेकीसँगको सम्मुनत सम्बन्धको लागि प्रस्तावना’ कार्यक्रमको आयोजना गरेको थियो । रिपार्टर्स क्लब नेपालमा आयोजित विशेष कार्यक्रममा बोल्ने वक्ताहरु एमाले नेता डा. भीमबहादुर रावल, माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङ, कांग्रेस नेता रामहरि खतिवडा र नेकपा (एकीकृत समाजवादी) का नेता जगन्नाथ खतिवडाले उक्त चलचित्रको सफलताको कामना गरेका हुन् ।

काँडेतारका नायक तथा निर्माता नवल खड्काले आफूहरुले देशको सिमाना रक्षाको लागि चलचत्रि बनाएको र वर्षौदेखि अभियान चलाउँदै आएको सुनाए । उनले खुला सिमाना नेपालका लागि घातक छ भन्ने कुरा घामजत्तिकै छर्लङ भएको टिप्पणी गरे । उनले भने,‘काँडेतार चलचित्र बनिसकेको छ । देशभक्तिपूर्ण चलचित्र बनाउँदा राज्यबाट पाउनुपर्ने साथ र सहयोग पाएका छैनौं । दशगजा, भीमदत्तजस्ता फिल्ममा सेन्सर लगाउने काम भएको थियो । देशभक्तहरुमाथि प्रहार हुने गरेको छ । पुर्खाहरुले लडेर जोगाएको भूमि हामीले जोगाउनुपर्छ । यदि हामीले समयममै यी कुरा समाधान गर्न सकेनौं भने हाम्रो नियती प्यालेस्टाईनजस्तो हुन्छ । समुन्द्र नभएका देशहरुले काँडेतार लगाएका छन् । सिमानामा काँडेतार नहुँदा कोरोनाकालमा महामारी छिर्ने सुरुङमार्ग भयो । यो चलचित्र जनजनमा पुग्नुपर्छ । यो प्रस्तावलाई चलचित्र हेरेर अनुमोदन गर्नुपर्छ ।’

सम्बन्धित समाचारहरु

काठमाडौं । आफ्नै नाम, शान र पहिचान सहित सम्पन्न भएको‘पाँचौ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’को पाँचौ संस्करण २०२२ को समापन तथा विभिन्न कारणले अवार्ड कार्यक्रममा उपस्थित हुन नसकी अवार्ड लिन नसकेका चलचित्रकर्मीहरुलाई अवार्ड वितरण कार्यक्रम काठमाडौंमा भव्यताको साथ सम्पन्न भएको थियाे । संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यको डेनभर शहरमा आयोजना गरिएको उक्त अवार्ड सभ्य तथा भब्यताको साथ सम्पन्न भएको थियो । बिगत ५ बर्ष देखि चलचित्रकर्मीहरुलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ‘ग्लोबल नेपाली फिल्म अवार्ड’को आयोजना गरिदैं आएको उक्त अबसरमा ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नबराज श्रेष्ठले बताएका छन् ।

काठमाडौं । फिल्म ‘ब्लड मनी’बाट अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियाको एक फिल्म फेस्टिभलमा सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् । सिड्नीमा सम्पन्न टाइटन फिल्म फेस्टिभलबाट ऋचाले उक्त अवार्ड जितेकी हुन् । ट्रफी बोकेर उनी आगामी बुधबार नेपाल फर्कने तयारी छ ।

प्रतिक्रिया दिनुहोस

Ad