# भर्खरै
Namaste Icon
Ad

ओलीलाई भेट्न बालकोट पुगे कुन्ती शाही र रेखा थापा

ओलीलाई भेट्न बालकोट पुगे कुन्ती शाही र रेखा थापा

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी महामन्त्री कुन्ती शाही र केन्द्रीय सदस्य रेखा थापाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेले राप्रपासँग तालमेल गर्न सक्ने आंकलनका बीच उनीहरूबीच भेटवार्ता भएको हो ।

ओलीलाई भेट्न शाही र थापा ओलीकै निवास बालकोट पुगेका हुन् । बुधबार भएको भेटवार्ता उनीहरूबीच समसामयिक राजनीति र चुनावबारे छलफल भएको बताइएको छ । त्यस्तै, उनीहरूबीच प्रत्यक्ष निर्वाचनमा महिलाको प्रतिनिधित्वका विषयमा कुराकानी भएको छ । उनीहरूले बालकोटमा करिब डेढ घण्टा बिताएर फर्किएका थिए ।

सम्बन्धित समाचारहरु

काठमाडाैं । राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनबाट नेकपा एमालेका कुमार दसौंदी र नेपाली कांग्रेसबाट माधवप्रसाद आचार्यले मनोनयन दर्ता गराएका छन्। यही माघ २५ गते हुने उपनिर्वाचनका लागि दसौंदी र आचार्यले दाङको घोराहीस्थित प्रदेश निर्वाचन अधिकृतको कार्यालयमा पुगी मनोनयन दर्ता गरेका हुन् । उनीहरु दुवै जना रोल्पाका हुन् ।

वामदेव गौतमलाई माधव नेपालले गरे यस्ताे प्रस्ताव

काठमाडौं । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले वामदेव गौतमलाई आफ्नो पार्टीमा आउन प्रस्ताव गरेका छन् । एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा मंगलबार भएको भेटमा अध्यक्ष नेपालले आफ्नो पार्टीमा आउन गौतमसँग आग्रह गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

Ad