# भर्खरै
Namaste Icon
Ad

कर्णलीबाट एसईई उतिर्ण गरेका विद्यार्थीलाइ सम्मान गर्दै युवा नेता शाहीले भने, ‘कर्णलीको मुहार फेर्ने जिम्मा तपाईकै हातमा छ’

कर्णलीबाट एसईई उतिर्ण गरेका विद्यार्थीलाइ सम्मान गर्दै युवा नेता शाहीले भने, ‘कर्णलीको मुहार फेर्ने जिम्मा तपाईकै हातमा छ’

काठमाडौं । कर्णली प्रदेशबाट २०७९ मा एसईर्ई उतिर्ण गरेका विद्यार्थीहरुलाई काठमाडौंमा सम्मान गरिएको छ । कर्णाली युथ भोलेन्टियरले एक कार्यक्रम आयोजना गरेर काठमाडौंमा रहेका विद्यार्थीहरुलाई सम्मान गरिएको हो । सो अवसरमा नेपाली कांग्रेसका प्रभावाली युवा नेता भुपेन्द्रजंग शाहीले सम्मानित सबै विद्यार्थीलाई बधाई तथा शुभकामना दिए । उनले भने, ‘कर्णलीको मुहार फेर्ने जिम्मेवारी तपाईहरुकै हातमा छ । त्यसकारण अन्र्तराष्ट्रिय स्तरमासमेत प्रतिष्पर्धा गर्ने गरि अध्ययन गर्नुहोला ।’

कर्णाली युथ भोलेन्टियरका अभियन्ता राजेन्द्र सुवेदीको अध्यक्षता तथा तथा अभियानका अवधारणाकर्ता एबं नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजङ्ग शाहीको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा समाजसेवी काली बहादुर बिष्ट, खेमबहादुर खड्का, युवा नेताहरु जगतजङ्ग बिष्ट, नवीन केडी, बरिष्ठ संज्याल, कृष्ण न्यौपाने, बलिराज शाही, मनसिंह शाही, नवीन शाही, दिनेश शाही, सुर्य भट्टराई, कृष भट्टराई, वसन्त शाही लगायतका ब्यक्तिहरुको उपस्थिति थियो ।

 

सम्बन्धित समाचारहरु

काठमाडाैं । स्ववियु निर्वाचनमा नेविसंघले सुरुवातमै जित निकालेको छ। पहिलो स्ववियु निर्वाचनमा पोखरा इन्जिनियिङ कलेज स्ववियु परिषद् निर्वाचनमा नेविसंघको पूरै प्यानल विजयी भएको हो । नेविसंघका अनुसार शुक्रबार निर्वाचनबाट २४ वर्षपछि परिषद्को निर्वाचनमा विराट सिग्देल नेतृत्वको नेविसंघको सिंगो कार्यसमिति नै निर्वाचित भएको हो ।

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले अङ्गदान गर्ने घोषणा गरेका छन् । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजार जनाको मिर्गौला प्रत्यारोपण सफलताका साथ सम्पन्न भएको अवसरमा आज यहाँ आयोजित प्रत्यारोपितको बृहत् भेलामा प्रधानमन्त्री दाहाल र स्वास्थ्यमन्त्री गिरीले मृत्युपश्चात आफ्ना अङ्ग दान गर्ने घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

Ad