# भर्खरै
Namaste Icon
Ad

डा. सन्दुक रुइतलाई ‘पद्मश्री गौरव’ प्रदान गरिने 

डा. सन्दुक रुइतलाई ‘पद्मश्री गौरव’ प्रदान गरिने 

काठमाडौं । नेत्र चिकित्सक डा. सन्दुक रुइतलाई ‘पद्मश्री गौरव’ प्रदान गरिने भएको छ । खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानको निर्णायक समितिले प्रतिष्ठित नेत्र चिकित्सक तथा मानवसेवी रुइतलाई उक्त सम्मान प्रदान गर्ने निर्णय गरेको हो ।

प्रतिष्ठानले २०७८ सालको ‘पद्मश्री साहित्य पुरस्कार’ कथाकार केशवराज ज्ञवालीको ‘अर्को भोर’ कथा संग्रहलाई प्रदान गर्ने निर्णय गरेको छ । यसैगरी, ‘पद्मश्री साधना सम्मान’ तीसको दशकदेखि नेपाली आधुनिक कथाका क्षेत्रमा महत्वपूर्ण योगदान दिइरहेकी कथाकार माया ठकुरीलाई दिइने भएको छ । पद्मश्री गौरव, पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मानको राशी तीन लाख रहेको छ । प्रतिष्ठानका अनुसार यी तीन ओटै सम्मान तथा पुरस्कार प्रत्येक वर्षझैं यस वर्ष पनि कोजाग्रत पूर्णिमाका दिन प्रदान गरिने छ ।

खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले वि.स. २०६३ सालदेखि नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठह¥याएको कृतिलाई प्रत्येक वर्ष ‘पद्मश्री साहित्य पुरस्कार’ प्रदान गर्दै आएको छ । प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले तीन ओटै सम्मान तथा पुरस्कार कोजाग्रत पूर्णिमाका दिन प्रदान गरिने जानकारी दिए ।

 

सम्बन्धित समाचारहरु

काठमाडाैं । स्ववियु निर्वाचनमा नेविसंघले सुरुवातमै जित निकालेको छ। पहिलो स्ववियु निर्वाचनमा पोखरा इन्जिनियिङ कलेज स्ववियु परिषद् निर्वाचनमा नेविसंघको पूरै प्यानल विजयी भएको हो । नेविसंघका अनुसार शुक्रबार निर्वाचनबाट २४ वर्षपछि परिषद्को निर्वाचनमा विराट सिग्देल नेतृत्वको नेविसंघको सिंगो कार्यसमिति नै निर्वाचित भएको हो ।

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले अङ्गदान गर्ने घोषणा गरेका छन् । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजार जनाको मिर्गौला प्रत्यारोपण सफलताका साथ सम्पन्न भएको अवसरमा आज यहाँ आयोजित प्रत्यारोपितको बृहत् भेलामा प्रधानमन्त्री दाहाल र स्वास्थ्यमन्त्री गिरीले मृत्युपश्चात आफ्ना अङ्ग दान गर्ने घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

Ad