# भर्खरै
Namaste Icon
Ad

हुन्डाई औरा नयाँ लुक्समा

हुन्डाई औरा नयाँ लुक्समा

काठमाडौ । हुन्डाईले नयाँ लुक्समा हुन्डाई औरा ल्याएको छ । यस्लाई नेपाली ग्राहकको ‘भाइब्रेन्स अफ पोजिटिभिटी’ र ‘स्पिरिट टु गो द डिस्टेन्स’ द्वारा परिभाषित गरिएको छ । पुरानो गाडी बाटअपग्रेड वा नयाँ गाडी किन्दा ग्राहकका लागि हुन्डाई औरा एउटा असल रोजाइ हुन सक्ने कम्पनीले बताउको छ ।

यसको उत्कृष्ट डिजाइनले हुन्डाईको विशिष्ट शैली व्याख्या गर्दै आधुनिक र आकर्षक शैलीलाई व्यक्त गर्ने कम्पनीले जनाएको छ । हुन्डाई औराको पृष्ठभागको आकार निकै भिन्न छ । उत्कृष्ट ड्राइभिङ प्रदर्शन र गतिशीलताले औरा चलाउदा सहज अनुभव गराउने दावी कम्पननीले गरेको छ ।

हुन्डाईले बजारको आवश्यकता अनुरूप उत्पादनहरू क्युरेट गर्दै आएको छ । सोही कुरा हुन्डाई औराको आरामदायी र सहज विशेषतामा स्पष्ट देखिन सकिकने पनि विज्ञप्तिमा उल्लेख छ । यसमा रहेका आरामदायी क्याबिन, ग्लोभ बक्स कुलिङ, कप होल्डर सहितको रियर सेन्टर आर्मरेस्ट, एड्जसटेवल रियर हेडरेस्ट, रियर ब्ऋ भेन्टस्, किलेस् इन्ट्री, स्टीयरिङ व्हील माउन्टेड कन्ट्रोलस रहेको छ । नेपाली बजारमा हुन्डाई औराको प्रारम्भिक मूल्य ३६ लाख ५६ हजार रुपैया रहेको छ ।

 

सम्बन्धित समाचारहरु

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कति ?

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य मंगलबार हालसम्मकै महँगोमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ६ हजार ३०० रुपैयाँ कारोबार भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । सोमबारको तुलनामा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ ।

काठमाडौं । सर्वसाधारणका लागि शुभम पावरले माघ १८ गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ बिक्री गरेपछि सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो । कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका ४ लाख ८१ हजार ८२२ कित्ता सेयर सर्वसाधारणहरूका लागि निष्कासन गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस

Ad