# भर्खरै
Namaste Icon
Ad

काठमाडौं उपत्यकामा मात्रै १६ हजार बढी डेंगी संक्रमित

काठमाडौं उपत्यकामा मात्रै १६ हजार बढी डेंगी संक्रमित

काठमाडौं । असारयता तीव्र रुपमा फैलिइरहेको डेंगी संक्रमणबाट यसवर्ष मृत्यु हुनेको संख्या ३२ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार असोज ९ गतेसम्म संक्रमितको संख्या २५ हजार ५४३ र मृतकको संख्या ३२ पुगेको हो ।

हालसम्मको तथ्यांकअनुसार सबैभन्दा धेरै काठमाडौंमा आठ हजार ८९६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, ललितपुरमा ६ हजार २१८ र भक्तपुरमा ८८१ गरी उपत्यकामा डेंगी संक्रमितको संख्या १२ हजार ३५ पुगेको छ ।

उपत्यकाबाहिर मकवानपुरमा सबैभन्दा धेरै दुई हजार २७५ जनामा संक्रमण देखिएको छ भने संक्रमितको संख्या २०० भन्दा माथि रहेकामा धादिङ, चितवन, दाङ, रुपन्देही, गुल्मी, कैलाली र दार्चुला छन् ।

यीबाहेक अन्य जिल्लामा संक्रमितको संख्या २०० भन्दा कम रहेको महाशाखाको तथ्यांक छ । नेपालमा डेंगी संक्रमण नियन्त्रणबाहिर गइसकेकाले अबको विकल्प लामखुट्टे निर्मूल अभियान नै भएको वरिष्ठ विज्ञहरु बताउँछन् ।

सम्बन्धित समाचारहरु

शैक्षिक संस्था आजदेखि ५ गतेसम्म बिदा

शैक्षिक संस्था आजदेखि ५ गतेसम्म बिदा

काठमाडौं । सरकारले चुनावलाई लक्षित गर्दै आज (मंसिर २) देखि शैक्षिक संस्थामा बिदा दिइएको छ । आजदेखि ५ गतेसम्म शैक्षिक संस्था बन्द हुनेछन् । गृह मन्त्रालयले मतदानस्थल परेका शैक्षिक संस्थामा मंसिर २ गतेदेखि ५ गतेसम्म बिदा दिने निर्णय गरेको हो ।

प्रहरीका सन्ततीलाई प्याब्सनमा आबद्ध विद्यालयहरूमा छात्रवृत्ति

काठमाडाैं । नेपाल प्रहरी श्रीमती संघ र निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बीच बहालवाला प्रहरी कर्मचारीका परिवार, अमर प्रहरी परिवार तथा पूर्व प्रहरी परिवारका सन्ततीहरूलाई प्याब्सनमा आबद्ध सदस्य विद्यालयहरूमा छात्रवृत्ति तथा भर्ना शुल्क सम्बन्धी सम्झौता भएको छ ।

प्रतिक्रिया दिनुहोस

Ad
Ad