# भर्खरै
Namaste Icon
Ad

वामदेव गौतमलाई माधव नेपालले गरे यस्ताे प्रस्ताव

वामदेव गौतमलाई माधव नेपालले गरे यस्ताे प्रस्ताव

काठमाडौं । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले वामदेव गौतमलाई आफ्नो पार्टीमा आउन प्रस्ताव गरेका छन् । एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा मंगलबार भएको भेटमा अध्यक्ष नेपालले आफ्नो पार्टीमा आउन गौतमसँग आग्रह गरेका हुन् ।

अध्यक्ष नेपालको प्रस्तावलाई सकारात्मक रुपमा लिँदै चाँडै निर्णय गर्न गौतमले जवाफ दिएका छन् । भेटका क्रममा अध्यक्ष नेपालले गौतमलाई अध्ययनका लागि एकीकृत समाजवादीका दस्तावेज प्रदान गरेका छन् । दस्तावेजको अध्ययनपछि मात्र एकीकृत समाजवादीमा आउने या नआउने विषयमा गौतमले निर्णय लिने भएका छन् ।

सो भेटमा एकीकृत समाजवादीका उपाध्यक्षद्वय प्रमेश हमाल र केशवलाल श्रेष्ठ, उपमहासचिवद्वय प्रकाश ज्वाला र गङ्गालाल तुलाधर पनि सहभागी थिए ।

सम्बन्धित समाचारहरु

काठमाडाैं । राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनबाट नेकपा एमालेका कुमार दसौंदी र नेपाली कांग्रेसबाट माधवप्रसाद आचार्यले मनोनयन दर्ता गराएका छन्। यही माघ २५ गते हुने उपनिर्वाचनका लागि दसौंदी र आचार्यले दाङको घोराहीस्थित प्रदेश निर्वाचन अधिकृतको कार्यालयमा पुगी मनोनयन दर्ता गरेका हुन् । उनीहरु दुवै जना रोल्पाका हुन् ।

काठमाडौं । नेकपा एमालेका सांसद रघुवीर महासेठले सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न चुनौती दिएका छन् । संसदको आजको बैठकमा बोल्दै महासेठले महतो आफ्नो पार्टीको सम्पर्कमा नरहेको भन्दै गृह प्रशासनलाई पक्राउ गर्न चुनौती दिएका हुन् । पहिलाको सरकारले महतोलाई समात्ने काम किन गरेन भन्दै उनले उल्टै प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस

Ad