Ad
Ad
Ad

ललितपुरका लागि इकोसिटी वल्र्ड समिट उपलब्धिमूलक - चिरीबाबु

ललितपुरका लागि इकोसिटी वल्र्ड समिट उपलब्धिमूलक - चिरीबाबु

ललितपुर। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले क्यानडामा सम्पन्न भएको ‘इकोसिटी वल्र्ड समिट २०१९’ ललितपुर महानगरका लागि उपलब्धिमूलक भएको बताएका छन् ।


श्रीमतीलाई पर पुरुषसँग भेटेपछि......

श्रीमतीलाई पर पुरुषसँग भेटेपछि......

कैलाली । लम्की चुहा नगरपालिका–१ भुरुवाका धिरेन्द्र थापाले श्रीमतीको कुटेर हत्या गरेका छन् । थापाको कुटाइ सख्त घाइते भएकी ३१ वर्षीया श्रीमती जानकी थापाको आइतबार मृत्यु भएको हो । रोजगारीको लागि भारतमा रहेका थापा दशैं मनाउन गत असोज २१ गते घर फर्केका थिए । घर फर्केकै दिन श्रीमतीलाई पर पुरुषसँग भेटेपछि धिरेन्द्रले कुटपिट गरेका थिए ।


गोली प्रहार गरी रौतहटमा युवकको हत्या

गोली प्रहार गरी रौतहटमा युवकको हत्या

रौतहट । जिल्लाको इस्नाथ नगरपालिकामा युवकको गोली प्रहार गरी हत्या भएको छ।


उदयपुरमा आमा छोरीको विभत्स हत्या

उदयपुरमा आमा छोरीको विभत्स हत्या

गाईघाट । उदयरपुर जिल्लाको त्रियुगा नागरपालिका–९ चौकीबारीमा गएराति आमा छोरीको विभत्स हत्या भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चौकीबारीका स्थानीय ३२ वर्षीया सारदा चौधरी र उनीकी ९ वर्षकी छोरी रचना चौधरीको धारिलो हतियार प्रयोग गरेर हत्या भएको हो । आज बिहान मात्रै चौधरीका छिमेकीले प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालयको टोली जघनास्थल पुगेको थियो ।


कोरला नाका सञ्चालनको तयारीले स्थानीयमा उत्साह

कोरला नाका सञ्चालनको तयारीले स्थानीयमा  उत्साह

सन्तोष गौतम, म्याग्दी । चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा हुने उच्चस्तरीय वार्तामा किमाथाङ्का र कोरला नाकाको स्तरोन्नतिसहित सञ्चालन गर्ने कार्यसूची समावेश भएको खबरले मुस्ताङ र आसपासका जिल्लावासी उत्साहीत भएका छन् । मुस्ताङका प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले चिनियाँ राष्ट्रपतिको आसन्न भ्रमण दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन मात्र नभएर व्यापारिक, आर्थिक र पूर्वाधार विकासका हिसाबले उपलब्धिमूलक बन्ने विश्वास व्यक्त गरे ।


इटहरीमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ

इटहरीमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ

काठमाडौं । इटहरीमा रहेको सिटी गेस्ट हाउसमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इटहरी–९ घर भएका संयोजक गिरीसहित सोही ठाउँका सरोज राउत,सरोज बोहोरा, केशव बस्नेत, रामधुनीका महेश राजवंशी र योगेन्द्र गिरी रहेको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।


दशैं टिकाकै दिन चितुवाको आक्रमणबाट बालकको मृत्यु

दशैं टिकाकै दिन चितुवाको आक्रमणबाट बालकको मृत्यु

तनहुँ । पिङ खेल्दै गर्दा चितुवाको आक्रमणबाट तनहुँको भानुमा मंगलबार साँझ एक बालकको ज्यान गएको छ । दशैं टिकाको दिन घर नजिकै रहेको परालको टौवामा हालेको पिङ खेल्दै गर्दा चितुवाको आक्रमणबाट भानु नगरपालिका–१ जामुनेगैह्राका चार वर्षीय आशिष बानियाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।


जेठानीद्धारा देवरानीको हत्या

जेठानीद्धारा देवरानीको हत्या

धनुषा । जेठानीले छुरा प्रहार गरी देवरानीको हत्या गरेकी छन् । धनुषाको औरही गाउँपालिका–१ झिटकैयामा २६ वर्षीया जेठानी सुनौल खातुनले २२ वर्षीया देवरानी सहानी खातुनको छुरा प्रहार गरी हत्या गरेकी हुन् । सोमबार साँझ घरायसी विवादको कारण जेठानीले देवरानीको शरीरमा पाँच ठाउँमा छुरा प्रहार गरेकी थिइन् । देवरानीलाई छुरा प्रहार गरी घाइते बनाएपछि जेठानीले आफ्नै पेटमासमेत छुरा हानेकी छिन् ।


बालिका बलात्कार प्रयासको आरोपमा युवक पक्राउ

बालिका बलात्कार प्रयासको आरोपमा युवक पक्राउ

तेह्रथुम । १३ वर्षकी बालिका बलात्कार प्रयासको आरोपमा एक युवक पक्राउ परेका छन । पक्राउ पर्नेमा पाँचथरको कुम्मायक गाउँपालिका–४, का २३ वर्षीय सन्तोष लिम्बु रहेको प्रहरीले जनाएको छ । हाल उनि म्याङलुङमा कोठा भाडामा बस्दै आएका छन । 


श्रीमती र छोरी मारेर बोरामा शव प्याक गरि आफु पनि झुण्डिए

श्रीमती र छोरी मारेर बोरामा शव प्याक गरि आफु पनि झुण्डिए

सुनसरी । सुनसरीको एक घरमा तीनजना मृत फेला परेका छन् । दसैँको टीकाको दिन सुनसरी–१७ स्थित घरमा राजेश शर्मा, उनकी श्रीमती पुनम र छोरी स्वस्तीका मृत भेटिएका हुन् । श्रीमान् झुण्डिएको अवस्थामा फेला परेका छन् भने श्रीमती र छोरीको शव बाकस र बोरामा हालिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।


Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad