मन्त्री प्रभु साहको निर्देशनमा गरिव किसानको गहुँबालीमा डोजर (भिडियोसहित)
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका स्थायी कमिटी सदस्य एवम् संघीय सरकारका शहरी विकासमन्त्री प्रभु साहको निर्देशनमा महाशिवरात्रि मेला लगाउन किसानले लगाएको गहुँ बालीमा डोजर लगाइएको छ । रौतहटको मौलपुर गाउँमा फागुन २७ गते महाशिवरात्रिको उपलक्ष्यमा ठूलो मेला लगाउनका लागि भन्दै करिब पाँच विघामा लगाइएको गहुँ नष्ट गर्न लगाइएको हो । एक स्थानीयका अनुसार मन्त्री साहले मेला लगाउने भन्दै कतिपय किसानलाई शुरुमै बाली लगाउन दिएका थिएनन् । उनले किसानहरुलाई जमिन खाली राख्न लगाएका थिए र जसले जबर्जस्ती बाली लगाए उसको खेतमा डोजर लगाइएको एक स्थानीयले बताए ।