Ad

प्रदेश ३

Ad

दुप्चेश्वरमा माछा र चामल ‘जोन’ बनाइने

दुप्चेश्वरमा माछा र चामल ‘जोन’ बनाइने

बेत्रावती । नेपाल भ्रमण वर्षलाई लक्षित गर्दै नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि ट्राउट माछा र समुन्द्रफिनी चामल क्षेत्र स्थापित गर्ने योजना बनाएको छ । अङ्ग्रेजी नयाँ वर्ष सन् २०२० मा हुन लागेको नेपाल भ्रमण वर्षलाई लक्षित गर्दै पर्यटन प्रवद्र्धनका लागि पर्याप्त सम्भावना भएको गाउँपालिकाले ट्राउट माछा र स्थानीय जातको समुन्द्रफिनी चामल उत्पादन गरेर आकर्षण गर्ने नयाँ योजना ल्याएको हो ।


धादिङको विकट क्षेत्र लापामा नयाँ प्रहरी चौकी स्थापना

धादिङको विकट क्षेत्र लापामा नयाँ प्रहरी चौकी स्थापना

धादिङ । जिल्लाको उत्तरी विकट हिमाली क्षेत्र रुवीभ्याली गाउँपालिका(५ लापामा नयाँ प्रहरी चौकी स्थापना भएको छ । नेपाल सरकार मन्त्री परिषदको गत असोज ७ गतेको निर्णयले उक्त चौकी थप निकासा भई आएको हो ।


यस्तो छ प्रदेश सांसद चेतनाथ सञ्जेलको पहलमा नयाँ आर्थिक वर्षमा ललितपुरमा आएको बजेट शीर्षक र रकम

यस्तो छ प्रदेश सांसद चेतनाथ सञ्जेलको पहलमा नयाँ आर्थिक वर्षमा ललितपुरमा आएको बजेट शीर्षक र रकम

ललितपुर । ललितपुर जिल्लाको निर्वाचन क्षेत्र नं १ (ख ) का सांसद चेतनाथ संजेलको पहलमा आर्थिक वर्ष २०७६/०७७ मा संसद विकास कोषबाट आएको ३ करोड र प्रदेशको नीति तथा कार्यक्रमबाट विनियोजित रकमबाट ललितपुरमा विभिन्न शीर्षकमा नयाँ योजना सहितको बजेटको कार्यक्रमहरु सार्वजनिक भएका छन् । पूर्वाधार, निर्माण , सडक, कृषि , खानेपानी लगायतका विविध शीर्षकमा आएका बजेटलाई सफल रुपमा समयमा कार्यान्यवन गर्न अब छिटै उपभोक्ता समिति गठन गरी काम अगाडी बढाईने सांसद संजेलले जानकारी दिएका छन् ।


सुकेका ढुंगेधारामा पानी झार्न कसियो ललितपुर महानगर

सुकेका ढुंगेधारामा पानी झार्न कसियो ललितपुर महानगर

ललितपुर । ललितपुर महानगरपालिकाले ढुंगेधाराको संरक्षणका लागि पानी आउन छाडेका ढुंगेधारामा पानी आउने बनाउन त्यससम्बन्धि योजना अघि बढाएको छ । महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ढुंगेधारा संरक्षण अभियान अन्तर्गत यो योजना अघि बढाएको बताए । उनले भने, ‘ सहरको ब्युटीफिकेसन अन्तर्गत मृततुल्य यी ढुंगेधारामा पानी झारेर सहरलाई सुन्दर बनाउन यो काम थालेका हौं । ’ ललितपुर महानगरको वडा नं ६ र १७मा रहेका ढुंगेधारामा पानी ल्याउन उपभोक्ता समिति गठन गरेर छिट्टै काम थालिने प्रमुख महर्जनले बताए । वडा नं ६ स्थित सुन्धारा, १७स्थित सिन्चा हिटी र मनी मण्डप हिटी रहेका छन् ।


'राजनीतिक प्रतिशोधका आधारमा चरित्रहत्याको प्रपन्च गरियो' - सञ्जेल(विज्ञप्तिसहित)

'राजनीतिक प्रतिशोधका आधारमा चरित्रहत्याको प्रपन्च गरियो' - सञ्जेल(विज्ञप्तिसहित)

ललितपुर । प्रदेश ३ का सांसद चेतनाथ सञ्जेलले आफूसँग राजनीतिक प्रतिशोधको भावना राख्ने उद्देश्य बोकेका विपक्षीहरुले हरित्रहत्या गर्ने नियोजित प्रपन्च भएको दावी गरेका छन् । केही दिनअघि चापागाउँमा प्रदेशबाट आएका विकासे योजनामा उपभोक्ता समितिसँग मिलेर आधा रकम खाएको र कमाउ धन्दामा लागेको भन्दा केही अनलाईन मिडियामा समाचार प्रकाशन भएपछी उनले एक प्रेस विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।


‘ललितपुर महानगरमा खुल्ला क्षेत्र संरक्षण गर्न योजनाबद्ध काम गरिरहेका छौं’

‘ललितपुर महानगरमा खुल्ला क्षेत्र संरक्षण गर्न योजनाबद्ध काम गरिरहेका छौं’

ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरभित्रका खुल्ला क्षेत्र संरक्षण गर्न योजनाबद्ध ढंगले काम गरेको बताएका छन् । उनले खुल्ला क्षेत्रमा कंक्रिटको कुनै पनि संरचना बन्ननदिने नीतिमहानगरको भएको स्पष्ट पारेका छन्


गोरखा २ का सांसदहरुद्वारा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट बिनियोजन

गोरखा २ का सांसदहरुद्वारा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट बिनियोजन

गोरखा । गोरखा क्षेत्र नं २ का निर्वाचित सांसदहरु प्रकाशचन्द्र दवाडी र हरिशरण आचार्यले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको बजेट बिनियोजन गरेका छन् । सिरानचोक गाउँपालिकामा विकास योजना संचालन गर्ने गरी स्वीकृत बजेट मध्ये सिरानचोक गाउँपालिका वडा न २ थालाजुंग नयाँ बजार काउले बट्टे हुदै साँदीखोला जोड्ने सडक मर्मत रु २५ लाख बजेट स्वीकृत गरिएको छ ।


सिरानचोक गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण गरिने

सिरानचोक गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण गरिने

गोरखा । सिरानचोक गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण गरिने भएको छ । सिरानचोक गाउँपालिकाबाट वितरण गरिने आर्थिक बर्ष ०७६/७७ को प्रथम चौमासिक बापतको जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता वितरण गरिने भएको हो । ग्लोबल आईएमई बैंक सिरानचोक शाखाले एक सुचना जारी गर्दै ग्लोबल आईएमई बैंक सिरानचोक शाखामा खाता खोलेका वडा न १ केराबारी, वडा न ४ छोप्राक, वडा न ५ छोप्राक र वडा न ८ जौबारीका सामाजिक सुरक्षा भत्ताको रकम खातामा दाखिला जानकारी दिएको छ ।


आमा–छोरा नै यस्तो धन्दामा, कारागार चलान

आमा–छोरा नै यस्तो धन्दामा, कारागार चलान

हेटौंडा । आफ्नो जग्गाको अत्यधिक मूल्यांकन गराई कर्जा लिएर फाइनान्स कम्पनीलाई ठगी गरेको अभियोगमा अदालतबाट दोषी ठहर भएका आमा–छोरा पक्राउ परेका छन् । क्रिस्टल फाइनान्स ठगी गरेको आरोपमा हेटौंडा उपमहानगरपालिकाकी ५८ वर्षीया लक्ष्मीदेवी पोखरेल र उनका ३३ वर्षीय छोरा सञ्जय पोखरेल पक्राउ परेका हुन् ।


ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने पक्राउ

ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने पक्राउ

चितवन । भ्रष्टाचारविरोधी अभियान गर्दै आएका ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सो अभियोगमा भरतपुर महानगरपालिका–११ निवासी ३२ वर्षीय अविरल पोख्रेल पक्राउ परेका हुन् ।