Ad
Ad

प्रदेश ४

Ad

दशैं टिकाकै दिन चितुवाको आक्रमणबाट बालकको मृत्यु

दशैं टिकाकै दिन चितुवाको आक्रमणबाट बालकको मृत्यु

तनहुँ । पिङ खेल्दै गर्दा चितुवाको आक्रमणबाट तनहुँको भानुमा मंगलबार साँझ एक बालकको ज्यान गएको छ । दशैं टिकाको दिन घर नजिकै रहेको परालको टौवामा हालेको पिङ खेल्दै गर्दा चितुवाको आक्रमणबाट भानु नगरपालिका–१ जामुनेगैह्राका चार वर्षीय आशिष बानियाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।


गाउँपालिका तोडफोडको आरोपमा वडाध्यक्ष पक्राउ

गाउँपालिका तोडफोडको आरोपमा वडाध्यक्ष पक्राउ

पोखरा । कास्कीको माछापुच्‍छ्रे गाउँपालिकाको कार्यालय तोडफोड गरेको आरोपमा वडा अध्यक्षसहित केही व्‍यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा वडा अध्यक्ष वीरेन्द्र गुरुङ, स्थानीय युवाहरु विपुल शर्मा, गणेश आचार्य रहेका छन्। कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले अनुसन्धानको प्रक्रिया अघि बढेको थाहाखबरलाई जानकारी दिए ।


गिलमेरी खोलाले ट्याक्सी बगायो

गिलमेरी खोलाले ट्याक्सी बगायो

पर्वत । कुस्मा नगरपालिका–४ अर्मादीको घुम्तीमा रहेको गिलमेरी खोलाले ट्याक्सी बगाएको छ। दुई दिनदेखि भइरहेको अविरल वर्षाका कारण आएको बाढीले मंगलबार बिहान पौने पाँच बजे ध १ ज ६६० नम्बरको ट्याक्सी बगाएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख रामबहादुर भट्ट क्षेत्रीका अनुसार उक्त बिरामी बोकेको ट्याक्सी म्याग्दीको बेनीबाट बिरामी लिएर पोखरा जाँदै थियो।


प्रदेशसभा सदस्यलाई सुनको लोगो

प्रदेशसभा सदस्यलाई सुनको लोगो

काठमाडौं । गण्डकी प्रदेशका सदस्यलाई प्रदेशसभाले सुनको लोगो उपलब्ध गराएको छ । सुनजडित सो लोगो चीनबाट ल्याइएको हो । यस अगाडि प्रदान गरिएको लोगोभन्दा अहिलेको लोगो ३३ गुणा महँगो छ । लोगोको डिजाइन पुरानै भएपनि धातुका रुपमा चाँदी र बाहिरी कक्षमा सुन लेपन गरिएको छ ।


पहिरोमा पुरिएर गुल्मी र वाग्लुङमा ७ जनाको ज्यान गयो

पहिरोमा पुरिएर गुल्मी र वाग्लुङमा ७ जनाको ज्यान गयो

वाग्लुङ । सोमबारदेखि परेको अविरल वर्षासंगै आएको पहिरोका कारण गुल्मी र वाग्लुङमा ७ जनाको ज्यान गएको छ । राति घरमा भल पसी गुल्मीमा सत्यावती गाउँपालिकाका स्थानीय तिल बहादुर त्रामुकी ३० बर्षीय तिलकुमारी त्रामू , उनका छोरा बर्ष १० का दर्शन त्रामुको मृत्यु भएको स्थानीयले बताएका छन् । यस्तै उनकी १२ बर्षीया छोरी करिष्मा र १४ बर्षकी छोरी धनी त्रामु घाइते भएका छन् । पानी परीराखेकाले उपचारमा लैजानका लागि समस्या परेको छ।


लेखाअधिकृत भागेपछि नगरपालिकामा खैलाबैला

लेखाअधिकृत भागेपछि नगरपालिकामा खैलाबैला

बेनी । आवको अन्त्यमा सयौँ योजनाको भुक्तानी गर्नुपर्ने वेलामा बेनी नगरपालिकाका लेखाअधिकृत भागेपछि नगरपालिकामा खैलाबैला मच्चिएको छ । एउटा विद्यालयका प्रधानाध्यापकसँगको सामान्य विवादको विषयलाई लिएर नगरपालिकाका लेखाअधिकृत नारायणप्रसाद सुवेदीले प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्मालाई ५ साउनसम्मको बिदा लेखेर भागेपछि बेनी नगरपालिकाका विभिन्न क्षेत्रका सयौँ उपभोक्ता समितिले नगरपालिकाबाट पाउनुपर्ने भुक्तानी रोकिएको छ । यो समाचार आजको सौर्य दैनकमा प्रकाशित छ ।


पोखरा प्रवेशको मुख्यद्वार विजयपुर खोलाको डाइभर्सन बाढीले बगायो

पोखरा प्रवेशको मुख्यद्वार विजयपुर खोलाको डाइभर्सन बाढीले बगायो

कास्की । पोखरा महानगरको विजयपुर खोलामा बनाइएको डाइभर्सन पुल बाढीले बगाएपछि समस्या भएको छ ।


गण्डकी प्रदेशमा प्रविधिमैत्री शिक्षक भेलाको तयारी

गण्डकी प्रदेशमा प्रविधिमैत्री शिक्षक भेलाको तयारी

पोखरा । आगामी जेठ ४ गते शनिबार पोखरामा हुने गण्डकी प्रदेशस्तरीय प्रविधिमैत्री शिक्षक समाजले भेलाको तयारी पूरा गरेको छ । संस्थाले विभिन्न विषयको शिक्षण गर्दा कक्षा कोठामा प्रविधिको प्रयोगमा शिक्षकहरुलाई तालिम दिने लगायतका उद्देश्य राखेर प्रविधिमैत्री शिक्षक भेला राखेको हो ।


पोखरामा चितुवाको आक्रमण, दुई जना घाइते

पोखरामा चितुवाको आक्रमण, दुई जना घाइते

कास्की । पोखरामा आज चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन् । पोखरा–३० को शिशुवामा र त्रित्याङमा चितुवाको आक्रमणबाट धरानको सिसुवाका ४५ वर्षीय टीकाबहादुर लिम्बू र पोखरा–३० की ५७ वर्षीया राधिका आचार्य घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए । चितुवाले लिम्बूलाई हात र राधिकालाई तिघ्रामा चिथोरेको छ । दुवैको अवस्था सामान्य छ ।


गुल्मी चेम्वर अफ कमर्सको आयोजनामा पर्यटन महोत्सव

गुल्मी चेम्वर अफ कमर्सको आयोजनामा पर्यटन महोत्सव

गुल्मी । चेम्वर अफ कमर्सले आयोजना गरिएको गुल्मी सांस्कृतिक पर्यटन महोत्सव सुरु भएको छ । उक्त महोत्सवको रेसुड्डा नगरपालिका प्रमूख डिल्लीराज भुसालले उद्घाटन गरे । गुल्मी चेम्वर अफ कमर्सका अध्यक्ष युबराज न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा नेपाल चेम्वर अफकमर्सका उपाध्यक्ष राजेन्द्र मल्लले पबित्र रेसुंगा पहाडबाट वेष्ठित गुल्मीजिल्ला भौगोलिक तथा पर्यटकीय दृष्टिकोणले अतिनै महत्वपूर्ण रहेको बताए । रेसुड्डाको धार्मिक पर्यटनलाइ प्रवद्र्धन गर्न केवुलकार निर्माण गर्न सकिएमा यस क्षेत्रको पर्यटकीय महत्व अरु वढन सक्ने उनले बताए ।


Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad