Ad

प्रदेश ५

Ad

बसबाट ओर्लने क्रममा पछाडिको टायरले किचेर एक महिलाको मृत्यु

बसबाट ओर्लने क्रममा पछाडिको टायरले किचेर एक महिलाको मृत्यु

बासुदेब गिरी, दाङ । बसको ठक्करबाट प्युठान माण्डबी गाउँपालिका वडा नं ४ निवासी ४६ बर्षीय पबित्रा सुनारको मृत्यु भएको छ । बसबाट ओर्लने क्रममा पछाडिको टायरले किचेर घाइते भएकि उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।


ऐरावतीमा स्वतन्त्र उम्मेदवार अर्जुन थापाको उम्मेदवारी फिर्ता

ऐरावतीमा स्वतन्त्र उम्मेदवार अर्जुन थापाको उम्मेदवारी फिर्ता

प्युठान । ऐरावती गाउँपालिका–१ दाङ्वाङमा वडा अध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी दिएका अर्जुन थापाले उम्मेदवारी फिर्ता लिएका छन । शनिवार मध्यान्न एक बजेको समयमा निर्वाचन अधिकृतको कार्यालय बरौलामा उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत चन्द्रदेव भारतिले जानकारी दिए । पार्टीको केन्द्रिय नीति अनुसार आफुले उम्मेदवारी फिर्ता लिएको उनको भनाइ छ ।


प्युठानको डाम्रीमा जीप दुर्घट्ना , ५ जना घाइते

प्युठानको डाम्रीमा जीप दुर्घट्ना , ५ जना घाइते

प्युठान । प्युठानको डाम्रीमा पिकअप जीप दुर्घटना भएको छ । बुधबार सांझपख भएको पिकअप जीप दुर्घटनामा परी ५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।


अर्घाखाँचीको नरपानीमा कार दुर्धटना : ३ जनाको मृत्यु

अर्घाखाँचीको नरपानीमा कार दुर्धटना : ३ जनाको मृत्यु

बासुदेब गिरी, प्युठान । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । बुधबार बिहान रूपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै गरेको बा १७ च ६९१७ नम्बरको कार गोरुसिङ्गे,सन्धिखर्क सडक खण्डको नरपानी भन्ने स्थानमा दुर्घटना हुँदा तीन जनाको ज्यान गएको अर्घाखाँची प्रहरीले जानकारी दिएको छ ।


दाङमा सांसद शान्ता चौधरीको गाडी दुर्घटना

दाङमा सांसद शान्ता चौधरीको गाडी दुर्घटना

बासुदेब गिरी, दाङ । नेकपाकी सचेतक तथा सांसद शान्ता चौधरी चढ्ने गाडी दुर्घटना भएको छ । घोराही बाट लमही फर्किंदै गरेको बा २ झ २८७१ नम्बरको स्कारपियो लमही-घोराही सडकखण्डअन्तर्गत कुलमोड भन्ने स्थानमा गएराति ११ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । उक्त स्कारपियो गाडी सडकबाट झण्डै एक सय मिटर तल अर्जुनखोलामा खसेको छ । सांसद चौधरीलाई घोराही छोडेर लमही फर्कने क्रममा दुर्घटना भएको हो ।


सिमेन्ट उद्योगमा काम गर्ने मजदुरको मृत्यु

सिमेन्ट उद्योगमा काम गर्ने मजदुरको मृत्यु

दाङको घोराहीमा सगरमाथा सिमेन्ट उद्योगमा काम गर्ने क्रममा एक भारतीय मजदुरको मृत्यु भएको छ ।


दाङमा पिक्निकबाट फर्कने क्रममा ट्याक्टर दुर्घटनाः तीनको मृत्यु

दाङमा पिक्निकबाट फर्कने क्रममा ट्याक्टर दुर्घटनाः  तीनको मृत्यु

भैलो खेलेर संकलन भएको रकमले पिक्निक खाएर फर्कने क्रममा गढवा–कोईलाबास सडक खण्डको सोही स्थानमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक बिनोद बिक्रम शाहले बताए । दुर्घटनामा परी मृत्यु हुनेमा गढवा गाउँपालिका वडा नं। ६ मनिकापुर निवासी ११ बर्षीया निनु पुन, सोही ठाउँकी १२ बर्षीया सीमा परियार, सोही ठाउँकै १२ बर्षीया सुनिता पुनमगर रहेको प्रहरीले बताएको छ ।


ऐतिहासिक डल्ले सरायँ मेलामा नाँच प्रतियोगिताः प्रथम पुण्यखोलालाई एकलाख पुरस्कार

ऐतिहासिक  डल्ले सरायँ मेलामा नाँच प्रतियोगिताः प्रथम पुण्यखोलालाई एकलाख पुरस्कार

बासुदेब गिरी, प्युठान । एकलाख राशीको डल्ले सरायँ नाँचको पुरस्कार प्युठान नगरपालिका –७ स्थित पुण्यखोलाले हासिल गरेको छ । बुधवार विजुवार पुण्यखोलामा भएको प्रतियोगितामा १० समूह प्रतिस्पर्धाको मैदानमाबाट सबैलाई पछाडी पार्दै यूवाहरुको समूह प्रथम भएको हो ।


कृष्णनगरमा प्रहरीको गोलीलागेर मृत्यु भएको व्याक्ति भारतीय भएको पुष्टि

कृष्णनगरमा  प्रहरीको गोलीलागेर मृत्यु भएको व्याक्ति भारतीय भएको पुष्टि

कपिलवस्तु । कृष्णनगरमा प्रहरीको गोलीबाट मृत्यु हुने भारतीय रहेको पुष्टि भएको छ । कफ्र्यु तोडेर गरिएको प्रदर्शनको नेतृत्व गरेका व्यक्तिमाथि प्रहरीले चलाएको गोली लागेको थियो ।


प्युठानबासीको पहिचानसँग जोडिएको डल्ले सरायँ (फोटो फिचर)

प्युठानबासीको पहिचानसँग जोडिएको डल्ले सरायँ (फोटो फिचर)

प्युठान । डल्ले सरायँ जिल्लावासीको पहिचानसँग जोडिएको छ । झण्डै सातसय वर्ष पहिलेदेखि जाँट बंशीय राजाको राक्षसी स्वभाव विरुद्ध जनताले तरवार उठाएको घटानासँग सरायँनाच जोडिएको छ । विभिन्न क्षेत्रबाट तरबार लिएर आएका जनताले राजाको मृत्युवरण गरकेो सम्झनामा मौलो बनाएर हरेक वर्ष डल्ले सरायँ निकालिने गरिन्छ ।