Ad
Ad

प्रदेश ७

Ad

श्रीमतीलाई पर पुरुषसँग भेटेपछि......

श्रीमतीलाई पर पुरुषसँग भेटेपछि......

कैलाली । लम्की चुहा नगरपालिका–१ भुरुवाका धिरेन्द्र थापाले श्रीमतीको कुटेर हत्या गरेका छन् । थापाको कुटाइ सख्त घाइते भएकी ३१ वर्षीया श्रीमती जानकी थापाको आइतबार मृत्यु भएको हो । रोजगारीको लागि भारतमा रहेका थापा दशैं मनाउन गत असोज २१ गते घर फर्केका थिए । घर फर्केकै दिन श्रीमतीलाई पर पुरुषसँग भेटेपछि धिरेन्द्रले कुटपिट गरेका थिए ।


दशैँमा दुई दिन मदिरा बिक्री वितरणमा रोक

दशैँमा दुई दिन मदिरा बिक्री वितरणमा रोक

भीमदत्तनगर । चाडपर्वलाई लक्षित गरी स्थानीय प्रशासनले मादक पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ । दशैँमा दुई र तिहारमा दुई दिन मादक पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय गरिएको कञ्चनपुरका सहायक प्रजिअ गोर्कणप्रसाद उपाध्यायले जानकारी दिए ।


डोटीमा सुत्केरी महिलालाई लोकल कुखुरा र घ्यू

डोटीमा सुत्केरी महिलालाई लोकल कुखुरा र घ्यू

डोटी । डोटीमा सुत्केरी महिलालाई लोकल कुखुरा र घ्यु वितरण गरिएको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ ले आफ्नो वडामा भएका ९ जना सुत्केरी महिलालाई लोकल जातका कुखुरा र घ्यू वितरण गरेको हो । महिला तथा शिशुको स्वास्थ्य अवस्था सुधारका लागि पोषणयुक्त आहार गर्नुपर्छ भन्ने सन्देश दिन आर्थिक वर्ष २०७६÷७७ बाट सुत्केरी महिलाका लागि यो सुविधा दिन सुरु गरेको वडा नम्बर ६ का वडाध्यक्ष सन्तोष बोहराले बताए । उनले भने, ‘सुत्केरी महिला र बच्चाको स्वास्थ्य राम्रो होस भनेर हामीले कुखुरा र घ्यू दिन शुरु गरेका छौँ, हाम्रो अभियान राम्रै हुने आस गरेका छौँ ।’


भारतसंग जोडिएका बैतडी र दार्चुलाका नाका ३ दिन बन्द हुने

भारतसंग जोडिएका बैतडी र दार्चुलाका नाका ३ दिन बन्द हुने

बैतडी । भारतसंग सीमा जोडिएका बैतडी र दार्चुलाका नाकाहरु ३ दिन बन्द हुने भएका छन्। भारतमा रहेको झुलाघाट जिल्ला र धार्चुलामा जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचनको सुरक्षा संवेदनशिलता जनाउदै सीमानाका तीन दिन बन्द हुन लागेका हुन । पहिलो चरणमा भारतको झुलाघाटमा अक्टोबर ५ तारेख(असोज १८ गते)का दिन निर्वाचन हुने भएपछी बैतडीको भारतसंग जोडिएको झुलाघाट नाका यही असोज १६ गते देखि १८ गते सम्म बन्द हुने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बतानए। असोज १६ गते साँझ ५ बजे देखि १८ गते साँझ ५ बजे सम्म तीन दिन अन्तराष्ट्रिय सिमा (पुल) बन्द हुने उनले बताए ।


बाजुरामा नेकपा नेता सहितका ६ जुवाडे पक्राउ

बाजुरामा नेकपा नेता सहितका ६ जुवाडे पक्राउ

बाजुरा । बाजुरामा नेकपाका नेता सहित छ जुवाडे पक्राउ परेका छन्। पक्राउ पर्नेमा नेकपाका बडिमालिका नगर कमिटी सचिव चन्द्र थापा, होटल संचालक अन्तिम शाह, स्वामीकात्तिक गाउँपालिका वडा नम्बर २ का हिक्मत बुढा, धिरेन्द्रबहादुर शाही, रनदीप बुढा र जगन्नाथ गाउँपालिका वडा नम्बर ४ का जगत भण्डारी रहेका छन ।


डेंगो बिरुद्ध डडेल्धुरामा कांग्रेसको सचेतना र्याली, लामखुट्टे मार्ने औषधी पनि छर्कियो

डेंगो बिरुद्ध डडेल्धुरामा  कांग्रेसको सचेतना र्याली, लामखुट्टे मार्ने औषधी पनि छर्कियो

राधा फुलारा, डडेल्धुरा । देशै भरी फैलिएको डेंगीको सक्रमणबाट जोगिन डडेल्धुरामा पहिलो पटक सचेतना र्याली सहित औषधी छर्किएको छ । बुधबार बिहान जिल्ला सदरमुकाम बागबजार क्षेत्रमा नेपाली कांग्रेस डडेल्धुराले डेंगी रोगको संक्रमणबाट जोगित स्थानिय आफै सचेत रहौ भन्दौ र्याली सहित बजार क्षेत्रका नाली एवं फोहोरमा लामखुट्टे मार्ने औषधी छर्केको हो ।


रामारोशन गाउँपालिकाका अध्यक्षमाथि गोली प्रहार

रामारोशन गाउँपालिकाका अध्यक्षमाथि गोली प्रहार

काठमाडौ । अछामको रामारोशन गाउँपालिकाका अध्यक्ष झंकर साउद माथि गोली प्रहार भएको छ । अध्यक्ष साउदमाथि गाउँपालिकाको वडा नम्बर ३ मुजाबगरस्थित कोठामा आइतबार साँझ गोली प्रहार भएको डिएसपी जनक शाहीले बताए ।


सुदूरपश्चिम बिश्वबिद्यालय बिएड आठै सेमेस्टारको बिदाई

सुदूरपश्चिम बिश्वबिद्यालय बिएड आठै सेमेस्टारको बिदाई

खेम जोशी, महेन्द्रनगर । सुदूर पश्चिमाञ्चल बिश्वबिद्यालय शिक्षाशास्त्र संकाय बिएड आठै सेमेस्टारमा अध्यनरत बिद्यार्थीको बिदाई कार्यक्रम सम्पन्न गरिएको छ। सुदूर पश्चिमाञ्चल बिश्वबिद्धालय शिक्षाशास्त्र संकाय बिएड छैटौं सेमिस्टरको आयोजना कार्यक्रम सम्पन्न गरिएको हो।


बौनिया–मुडा सडकमा खाल्डै खाल्डा, सम्बन्धित निकाय मौन

बौनिया–मुडा  सडकमा खाल्डै खाल्डा, सम्बन्धित निकाय मौन

गोविन्द बीसी, बौनिया । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको मध्यवर्ती क्षेत्र बौनिया–मुडा सडकखण्ड जीर्ण बनेको छ । पिच सडक उक्किँदा आवतजावत गर्ने यात्रुलाई समस्या भएको हो । मूख्य सडकखण्डमा खाल्डाखुल्डी परेको महिनौंबितिसक्दा पनि सम्बन्धित निकायले मर्मतको कुनै चासो देखाएको छैन ।


कांग्रेस कैलालीले प्रतिनिधि र प्रदेश सभा क्षेत्रीय कार्यसमितिको टुंगो लगायो

कांग्रेस कैलालीले प्रतिनिधि र प्रदेश सभा क्षेत्रीय कार्यसमितिको टुंगो लगायो

गोविन्द बीसी, कैलाली । नेपाली कांग्रेस कैलालीले प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्रीय कार्यसमिति सभापतिको टुंगो लगाएको छ । आइतबार बसेको क्षेत्रीय कार्यसमिति समायोजनको बैठकले जिल्लाको ५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधि र प्रदेश सभा क्षेत्रीय कार्यसमिति सभापतिको टुंगो लगाएको हो ।


Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad