काठमाडौं । शिक्षामन्त्री शिशिर खनालले नेकपा (एमाले)का नेता डा भीम रावललाई जवाफ फर्काएका छन् । नेता रावलले काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा ‘जसको निजी विद्यालय एकदम महंगो छ, ऊ शिक्षामन्त्री’ भन्दै खनालको कटाक्ष गरेका थिए । यसैको जवाफ उनले सामाजिक सञ्जाल ट्विटरमार्फत दिएका हुन् ।
‘मेरो लगानी भएको निजी विद्यालय कुन रहेछ, म खोज्दै थिएँ, डाक्टरलाई थाहा रहेछ । लौन भनिदिनु पर्यो ! नाम, ठेगाना भए सजिलो हुन्थ्यो,’ उनले लेखेका छन् । शिक्षामन्त्री खनाल निजी विद्यालय सञ्चालक रहेको भन्दै उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले स्वार्थ बाझिने मन्त्रालय दिएको भन्ने आरोप लागिरहेको छ ।