राष्ट्रिय बीमा संस्थान ५६औं वर्षमा प्रवेश, उत्कृष्ट कर्मचारी, शाखा र अभिकर्तालाई सम्मानित

दर्पण दैनिक ११ फाल्गुन २०७९,१६:४६
post

काठमाडौं । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान स्थापनाको ५६औं वर्षमा प्रवेश गरेको छ । संस्थान ५६ औं वर्ष प्रवेश गरेको अवसरमा बिहीबार संस्थान परिसरमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्रालयका राजस्व सचिव डा. रामप्रसाद घिमिरेले संस्थान लामो धरोहर बोकेको संस्था भएकाे बताए । उनले भने, 'यो स्थापनाको कालमा संस्थान एक्लै थियो सिधै हिँडे पुग्थ्यो । अहिले समय फेरिएको छ । दायाँ बायाँ प्रतिष्प्रधीहरुसँग प्रतिष्प्रर्धा गर्दै अगाडि बढ्नुपर्ने अवस्था छ । यो प्रतिष्पर्धा गर्ने सन्दर्भमा राष्ट्रिय बीमा संस्थानले सामथ्र्य राख्छ र राख्नुपर्छ ।'

सरकारी विद्यालयहरुले राम्रो ख्याती कमाउन थालेको बेलामा बीमा क्षेत्रले पनि त्यसलाई आत्मसाथ गर्नुपर्नेमा जोड दिंदै उनले भने – 'बीमा संस्थानले लामो इतिहास बोकेको छ । अहिलेको अवस्थामा बीमा संस्थान एक्लो छैन् । प्रतिस्पर्धीहरु बढेका छन् । अब बीमा संस्थानले दायाँ बायाँ पनि हेर्नुपर्छ । यो संस्थानलाई समयले दिएको चुनौती पनि हो ।'
बीमा क्षेत्रमा विश्वास गुमाइसकेपछि काम नलाग्ने भन्दै उनले विश्वासमात्रै नभई आत्मविश्वास दरिलो बनाएर अगाडि बढ्न संस्थानलाई आग्रह गरे ।

बीमा क्षेत्रलाई प्रविधिमैत्री बनाउन आवश्यक रहेको बताउँदै संस्थानले निराश हुनुभन्दा पनि प्रतिस्पर्धा गर्नुपर्ने बेला आएको उहाँले बताउनुभयो । अहिले समग्र बीमा क्षेत्रमा विभिन्न नयाँ नयाँ प्रवृतिहरु आएकोतर्फ ध्यानाकर्षण गराउँदै सचिव घिमिरेले भने, – 'नयाँ नयाँ जोखिमका प्रकारहरु आएका छन् । जसलाई समयमै बुझ्न र पहिचान गर्न सकेनौं भने हामी अगाडि बढ्न सक्दैनौं ।'

प्रतिष्पर्धीहरु आएका छन् उनीहरुको क्षमतालाई आंकलन गरेर प्रतिष्पर्धी अहिलेको समयमा आफुलाई खरो रुपमा अगाडि बढाएर प्रमाणीत गर्ने बेला आएको भन्दै उनले भने–'सार्वजनिक संस्थान भनेर हिनताबोध र लघुताभाषबाट अगाडि बढ्न सकिँदैन, नयाँ जोश जाँगर चाहिन्छ ।'

बीमा गर्नेको ठूलो संख्या रहेको भन्दै उनले त्यो तथ्याङ्कलाई कसरी व्यवस्थित राख्ने र कसरी सुरक्षित राख्ने सबैको लागि चुनौति रहेको बताए । उनले भने, 'सेक्युरिटी र प्राइभेसीको कुरा पनि छ । अर्को कुरा डिजीटल मोर्डनाइजेशनमा हामी कसरी जाने भन्नेतर्फ पनि ध्यान दिन आवश्यक छ । प्रविधिमा जाँदा पनि दिगो क्षमतामा छ कि छैन ख्याल गर्नुपर्ने अवस्था रहेको छ ।'

संस्थान ५६ औं वर्ष प्रवेश गरेको अवसरमा बिहीबार संस्थान परिसरमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्रालयका राजस्व सचिव डा. रामप्रसाद घिमिरेले संस्थान लामो धरोहर बोकेको संस्था भएको बताए । उनले भने – 'यो स्थापनाको कालमा संस्थान एक्लै थियो सिधै हिँडे पुग्थ्यो । अहिले समय फेरिएको छ । दायाँ बायाँ प्रतिष्प्रधीहरुसँग प्रतिष्प्रर्धा गर्दै अगाडि बढ्नुपर्ने अवस्था छ । यो प्रतिष्पर्धा गर्ने सन्दर्भमा राष्ट्रिय बीमा संस्थानले सामथ्र्य राख्छ र राख्नुपर्छ ।'

सरकारी विद्यालयहरुले राम्रो ख्याती कमाउन थालेको बेलामा बीमा क्षेत्रले पनि त्यसलाई आत्मसाथ गर्नुपर्नेमा जोड दिंदै उनले भने– 'बीमा संस्थानले लामो इतिहास बोकेको छ । अहिलेको अवस्थामा बीमा संस्थान एक्लो छैन् । प्रतिस्पर्धीहरु बढेका छन् । अब बीमा संस्थानले दायाँ बायाँ पनि हेर्नुपर्छ । यो संस्थानलाई समयले दिएको चुनौती पनि हो ।'
बीमा क्षेत्रमा विश्वास गुमाइसकेपछि काम नलाग्ने भन्दै उनले विश्वासमात्रै नभई आत्मविश्वास दरिलो बनाएर अगाडि बढ्न संस्थानलाई आग्रह गरे ।

बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले संस्थान नेपालको वित्तीय क्षेत्रकै धरोहर भएको भन्दै बीमा बजारमा मानव संशाधन उत्पादनदेखि बजारीकरणमा समेत योगदान पुर्याएको बताए । संकटका बेला सहयोग गर्ने भनेको सरकारी संस्था नै भएको बताउदै उनले भने– 'जसरी रेडियो नेपाल र नेपाल टेलिकमले भूकम्पका बेलामा जनतालाई सहयोग गरेका थिए । त्यो बेला निजी क्षेत्रका कोही आएनन् । त्यसैले कुनैबेला नेपालको राम्रो संस्थानको साख बनाएको बीमा संस्थानले फेरी एकपटक पुरानो साख कायम गर्ने बेला आएको छ ।'

संस्थानको लामोसमयदेखिको लेखापरीक्षणको समस्यालाई सुल्झाउनका लागि प्राधिकरण तयार रहेको उनको भनाई थियो । संस्थानका अध्यक्ष इश्वर पौडेलले संस्थानका समस्या र चुनौतिका सवालमा अर्को वार्षिकोत्सवमा हामी धेरै माथि उठ्यौं भन्ने अवस्था सिर्जना हुने बताए । पर्याप्त मात्रामा आधुनिक सूचना प्रविधिमैत्री जनशक्तिको अभावमा पनि संस्थानले स्थापनाकालदेखि नै विश्वसनीय संस्थाको रुपमा स्थान बनाउन सफल भएको उनले बताए । बीमा बजारमा निजी र विदेशी कम्पनीहरुको आकर्षण रहेतापनि संस्थानले आफ्नो स्थान बनाउन सफल रहेको उनले बताए ।

संस्थानका प्रशासक कविप्रसाद पाठकले संस्थान स्थापनाको ५६ औ वर्षमा प्रवेश गरिरहँदा मुलुकमा स्थापित जीवन बीमा कम्पनीहरुसंग प्रतिस्पर्धा गर्दै यसले आफ्नो पहिचानलाई थप मजबुत गराउँदै लगेको बताए । 'चालु आर्थिक वर्षको पौष मसान्त सम्ममा संस्थानले छ अर्ब १५ करोड बीमाशुल्क संकलन गरेको छ भने १ अर्ब ५८ करोड दाबी भुक्तानी गरेको छ । यस अवधिमा संस्थानको जीवन बीमा कोष ४५ अर्ब ९१ करोड  पुगेको छ । संस्थानको हाल कुल सक्रिय बीमालेख संख्या ५ लाख ६० हजार रहेको छ ।' उनले भने– 'सरकारबाट प्राथमिकता प्राप्त क्षेत्रहरुमा आफ्नो श्रोतको उपयोग गर्ने सिलसिलामा माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा रु.२१ करोड १८ लाख शेयर पूँजी लगानी रहेको छ भने ऋण लगानी २ अर्व ८० करोड गरेकोमा ब्याज पूँजीकरण सहित हाल ४ अर्ब ८८ करोड रहेको छ । हाल यो लगानीको व्याज तथा सावाँको किस्ता प्राप्त भइरहेको छ । जलविद्यूत लगानी तथा विकास कम्पनी लि.मा १ अर्व शेयर लगानी गरिएको छ । विद्यूत उत्पादन कम्पनी लि.मा ६ करोड ६० लाखको संस्थापक शेयर लगानी गरिएको छ ।  नागरिक लगानी कोषमा कुल शेयर पूँजी मध्ये संस्थानको ३१.५ प्रतिशत स्वामित्व  रहेको छ । यसको अतिरिक्त सनराइज बैंक लि., नेपाल इन्भेष्टमेण्ट बैंक लि., लक्ष्मी बैंक लि., ग्लोबल आईएमइ बैंक लि., एन आई सी एशिया बैंक लि. तथा नेपाल पुनर्बीमा कम्पनी लि. जस्ता देशका महत्वपूर्ण वित्तीय संस्थामा संस्थानको संस्थापक तथा साधारण शेयर रहेको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्धती निक्षेपमा रु. ३० अर्ब २० करोड तथा डिबेञ्चरमा रु. ५ अर्ब १० करोड लगानी रहेको छ । यस अवधिमा लगानीबाट संस्थानले १ अर्ब ८६ करोड आम्दानी गरेको  छ ।'


चालु आर्थिक वर्षको अन्तसम्ममा नेपाल बीमा प्राधिकरणबाट स्वीकृति लिई लेखापरीक्षण र बीमाङ्कीय मुल्याङ्कन सम्पन्न भइसकेको अवधिको साधारण सभा सम्पन्न गर्ने साथै बाँकी अवधिका लेखापरीक्षण र बीमाङ्कीय मुल्याङ्कनको कार्य सम्पन्न गर्ने संस्थानको भावी कार्य योजना रहेको उहाँले बताउनुभयो । संस्थानको दीर्घकालीन रणनीतिक योजना तर्जुमा गर्ने, नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम पूँजी बृद्घि गर्ने, तोकिएको समयावधि भित्र संस्थानलाई पब्लिक लिमिटेड कम्पनीमा परिणत गर्ने पनि संस्थानको भावी कार्य योजना रहेको उनले बताए । राष्ट्रिय बीमा संस्थान पेशागत अभिकर्ता संघका अध्यक्ष शम्भू ढुंगानाले अभिकर्ताहरुले बीमा संकलन गरेर नै बीमा क्षेत्र फष्टाउने भन्दै अभिकर्ता बीमा क्षेत्रका महत्वपूर्ण स्टेकहोल्डर रहेको बताए । वि.सं २०२४ साल पौष १ गते स्थापना भई फागुन ११ गतेदेखि व्यवसायिक कारोवार शुरु गरी राष्ट्रिय बीमा संस्थान ऐन, २०२५ अनुरुप सञ्चालन हुदै आएको संस्थान आज स्थापनाको ५५औं वर्ष पारगरी ५६औं वर्ष प्रवेश गरेको छ । 


उत्कृष्ट कर्मचारी, शाखा र अभिकर्तालाई सम्मान

वार्षिकोत्सव समारोहमा संस्थानमा कार्यरत अभिकर्तामध्ये १० उत्कृष्ट बीमा अभिकर्तालाई सम्मान गरिएको छ । संस्थानले सर्वोत्कृष्ट व्यवसाय गर्ने बीमा अभिकर्ता हरिशरण शिवाकोटीका साथै मन कुमार रेग्मी (निरौला), राजन रिमाल, शान्ति महर्जन, नारायण प्रसाद गिरी, गजेन्द्र ठाकुर, बिरेन्द्र बहादुर शंकर, धर्मराज जोशी, बद्री प्रसाद उप्रेती र कान्छा थापा क्षेत्रीसमेत गरि १० जना अभिकर्तालाई समान गरेको हो ।

संस्थानले देशभरमा रहेका शाखा कार्यालयहरु मध्य उत्कृष्ट काम कारबाहि गर्दै आएका ४ वटा शाखा कार्यालयलाई सम्मान गरेको छ । सम्मानित हुने शाखाहरुमा काठमाडौं उपत्यका भित्रबाट लगनखेलमा रहेको शाखा कार्यालयका साथै उपत्यका बाहिरबाट नारायणगढ, पोखरा र बुटवल शाखालाई सम्मान गरेको छ ।

साथै संस्थानले छ जना उत्कृष्ट कर्मचारीलाई पनि सम्मान गरेको छ । संस्थानले सहायक व्यवस्थापक राजकुमार भडेल, कामु सहायक व्यवस्थापक राम प्रसाद मिश्र, सहायक ‘ख’ अस्वीन पौडेल, सहायक ‘ख’ रञ्जना राई, सहयोगी कर्मचारी मध्येमा सवारी चालक मनिष श्रेष्ठ र कार्यालय सहयोगी चित्रकला न्यौपानेलाई नगद पुरस्कार सहित प्रशंसापत्र प्रदान गरी सम्मान गरेको हो ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१
post

अण्डाको भाउ बढ्यो

१८ जेष्ठ २०८२,०९:१०
post

१६०० ले बढ्याे सुनको मूल्य

३० जेष्ठ २०८२,११:५०
post

इन्धनको मूल्य घट्यो

३१ असार २०८२,२२:०३
post

२ लाख नाघ्यो सुनको भाउ

१३ भाद्र २०८२,११:२२
post

दुग्ध किसान पनि सडकमा

१५ भाद्र २०८२,१३:४५
post

अन्डाको भाउ बढ्यो

११ कार्तिक २०८२,१५:३४
post

अण्डाको मूल्य घट्यो

११ पुष २०८२,१२:४२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: