सुचिकृत स्वास्थ्य चौकीमा सुरक्षित गर्भपतन सेवा निःशुल्क

ममता भट्ट १२ बैशाख २०८०,१२:२५
post

ममता भट्ट, डडेल्धुरा । डडेल्धुरा जिल्लामा पछिल्लो समयमा सुरक्षित गर्भपतन सेवा निकै प्रभावकारी बन्दै गइरहेको छ । जिल्लामा रहेका स्वास्थ्य संस्थाहरुमा नेपाल सरकारले सुरक्षित गर्भपतन सेवा निःशुल्क गराए पछि यो सेवा प्रभावकारी बनेको हो । २०७३ साल मंसिर देखि निःशुल्क गर्भपतन सेवा लागु गरे पश्चात अझै सेवा प्रभावकारी बनेको सेवा प्रदायकहरुको भनाई छ । त्यस्तै भागेस्वर स्वास्थ्य चौकिमा असार यता सेवा लिनेको संख्या २९ जना रहेको भागेस्वर स्वास्थ्य साखा प्रमुख मानबहादुर साहले बताए । यस्तै अन्य स्वास्थ्य संस्थाहरुमा पनि यो सेवा प्रभावकारी बन्दै गएको स्वास्थ्यकर्मीहरु बताउछन । पहिले महिलाहरु सेवा लिन टाढा जाने गरेको तर अहिले निर्धिक्क भएर सेवा लिन आउने गरेको नवदुर्गा स्वास्थ्य चौकीका अहेव तारा भट्टले जानकारी दिए ।


पहिले ग्रामीण भेगका महिलाहरुले यो सेवा निःशुल्क छ, भन्ने थाहा नहुँदा महँगो पैसा तिरेर भए पनि निजि क्लिनिक र मेडिकल जान वाध्य थिए । सेवामा पहँचु पुर्याउन सामुदायिक संवाद बैठकले अझ सहयोग गरेको आमा समुहकी अध्यक्ष भागरती धामीले बताईन ।उनले भनिन, ‘पहिले त हामीलाई नै थाहा थिएन तर यो बैठकले जिल्लामा १२ वटा स्वास्थ्यमा निःशुल्क सेवा दिंदै आएको र १० हप्ता सम्मको हाम्रै गाउँको स्वास्थ्य संस्थामा हुने र १२ हप्ता सम्मको डडेल्धुरा अस्पताल र जोगवुढा अस्पतालबाट यो सेवा दिइने भए पछि सेवाग्राही लाभान्वित भएका छन् ।’

गन्यापधुरा २ की धौली देबी कार्कीले पहिले यो सेवा हाम्रो स्वास्थ्य चौकीमा नहुँदा आफूले नचाएको गर्भ पतनका लागि घरेलु उपचारमा दुईमाना चुक खाएको गहंगो भारी बोकेको र त्यति गर्दा पनि गर्भ पतन नहँुदा ५ हजार खर्च गरेर गर्भ पतन गराएको बताईन । बच्चाको रहर पुगीसकेकोले गर्भपतन गर्न चाहेको तर गाउँमा त्यो सेवा नहुदा आफुले दुख पाएको उनको भनाई छ । अब त गाउँठाउँमै यो सेवा पाउने भए पछि गर्भ पतन गराउन चाहने महिला दिदी बहिनीहरुले सहजै सेवा लिई रहेको उनी बताउछिन ।

पहिले गाउँठाउँमा भर्गपतन गराउने महिला दिदी बहिनीलाई समाजले लाञ्छाना र भेदभाव गरिन्थ्यो तर अहिले सुरक्षित गर्भ पतन सम्बन्धी हेयभाव तथा लाञ्छाना न्यूनिकरण कार्यक्रम लागु भए पछि भने त्यसमा पनि परिर्वतन देखिएको असिग्राम स्वास्थ्य चौकिकी बसन्ती कार्कीले जानकारी दिइन । उनले भनिन्, ‘महिलाहरु खुलेरै गर्भ पतन गराउन जाने र अरुलाई पनि सल्लाह दिने गरेका छन् । अहिले पुर्ण गोपनियताका साथ यो सेवा दिने हुँदा अविवाहित हरुले पनि यो सेवा लिन आउने गरेका छन् ।’


यस्तो छ स्वास्थ्य शाखाको तथ्याकं 

नवदुर्गा गाँउपालिका स्वास्थ्य शाखाको तथ्याकं अनुसार आर्थिक बर्ष २०७७–७८ मा सुरक्षित गर्भपतन गराउने १३५ रहेकामा त्यो संख्या २०७८–७९ मा ८७ पुगेको थियो । ०७८–७९ मा कोरोना महामारीका कारण बैदेशिक रोजगारीको लागि बाहिर रहेका आम नगरबासी पालिका फर्किएपछि बढेको पालिकाको स्वास्थ्य शाखाले बताएको छ । सुरक्षित गर्भपतन सेवा नवदुर्गा गाउँपालिकाको कोटेली स्वास्थ्य चौकी, मणिलेक स्वास्थ्य चौकी, नवदुर्गा स्वास्थ्य चौकी र बेलापुर स्वास्थ्य चौकीमा पाइन्छ । उक्त स्वास्थ्य संस्थाबाट यो आर्थिक बर्ष २०७८–७९ मा ४६ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । गर्भपतन पश्चात पनि परिवार नियोजनको साधन प्रयोग गर्नेहरुको सख्या बढेको नवदुर्गा स्वास्थ्य शाखाले जनाएको छ । जिल्लाभरीको तथ्याकं अनुसार यो आर्थिक बर्षमा मात्रै दुई सय ५० जनाले सेवा लिएको  स्वास्थ्य कार्यालयका परिवार नियोजन सुपर भाईजर भवानी कँुवरले बताइन् ।


गाँउपालिकाले सहजिकरण गर्दा झनै प्रभावकारी

सुरक्षित गर्भपतन सेवा प्रभावकारी बनाउनकोलागि नगरपालिका, गाउँपालिकाको र पालिकाको स्वास्थ्य शाखाको ठुलो सहयोग छ । कार्यक्रमलाई प्रभावकारी बनाउन र सुरक्षित गर्भपतन गराउनकोलागि गाउँपालिकाले बिभिन्न किसमका सचेतना मुलक कार्यक्रम गरेर सहयोग गर्ने गरेको छ । 

अहिले स्वास्थ्य शाखामा महिलाहरु बिभीन्न समस्या लिएर खुलेर आउने गरेका छन् । र आफ्नो समस्या भन्ने गरेका छन् । पहिले प्रजनन स्वास्थ्य सम्बन्धीका धेरै बिरामी भएपनि समस्या भन्नै नसक्ने परिस्थितिले उपचारमै समस्या हुने गरेको भएपनि अहिले त्यो समस्या हटेको नबदुर्गा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख खगेन्द्रप्रसाद भट्टले बताए । यो कार्यक्रमलाई अझ बढी प्रभावकारी बनाउन, दिगो रुपमा सञ्चालन गर्नको लागि पनि गाँउपालिकाले प्रयास गरेको उनले बताए ।

बिगतका दिनमा गाउँपालिकाको स्वास्थ्य शाखामा महिलाहरु विभिन्न समस्या लिएर आउने तर भन्नै नसक्ने परिस्थितिले उपचारमै समस्या हुने गरेको भएपनि अहिले त्यो समस्या हटेको भागेश्वर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मानबहादुर शाहुले बताए । यो कार्यक्रमलाई अझ बढी प्रभावकारी बनाउन, दिगो रुपमा सञ्चालन गर्नको लागि पनि भागेश्वर गाँउपालिकाले प्रयास गरेको उनले बताए । 

सुरक्षित गर्भपतन सेवा भागेश्वर गाउँपालिकाको बगरकोट स्वास्थ्य चौँकी, भागेश्वर स्वास्थ्य चौँकी र रुपाल स्वास्थ्य चौँकीमा पाईन्छ । उक्त स्वास्थ्य संस्थाबाट पछिल्लो ३ महिनाको अवधिमा २९ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । गर्भपतन पश्चात पनि परिवार नियोजनको साधन प्रयोग गर्नेहरुको सख्या बढेको भागेश्वर स्वास्थ्य शाखाले जनाएको छ । 

सुचिकृत स्वास्थ्य चौँकीमा सुरक्षित गर्भपतन गराउनेबारे जानकार  

गर्भपतन भन्दा खेरी नै लजाउने र भन्न नसक्ने अवस्था रहेको भागेश्वर गाउँपालिकामा अहिले महिला र किशोरीहरु जानकार भएका छन् । यस बारेमा विभिन्न सडक नाटक, किशोरी समुह, आमा समुहमा बिभिन्न किसिमका सचेतनामुलक कार्यक्रमहरु सञ्चालन भएपछि अहिले सुरक्षित गर्भपतनको बारेमा महिलाहरुसंगै अन्य नागरिकहरु पनि जानकार भएका छन् । 

पहिले गर्भपतन गराउन पर्यो भने घरायसी जडिबुटीको प्रयोग तथा लुकिछिपी मेडिकलबाट औषधीहरु ल्याएर प्रयोग गरी ज्यानै जोखीममा पार्ने यहाँका महिलाहरु अहिले  भने यसप्रती सचेत छन् । र सुचिकृत स्वास्थ्य संस्थामा गएर मात्र सुरक्षित गर्भपतन गराउने गरेका छन् । जसले गर्दा अहिले डडेल्धुरा जिल्लामा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दो छ ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

डा. रुइत जन्मभूमि फर्किँदा...

२४ फाल्गुन २०७९,०७:५०
post

ड्युटीसँगै शिशु स्याहार्दै

२६ फाल्गुन २०८०,०८:२३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: