कुन बैंकको नाफा कति ?

दर्पण दैनिक २२ श्रावण २०८०,०८:५३
post

काठमाडौं । नेपालका वाणिज्य बैंकको नाफा ७० अर्ब १ करोड रुपैयाँ पुगेको छ । सम्बन्धित बैंकहरुले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकहरूले गत वर्ष ७० अर्ब १ करोड रुपैयाँ नाफा कमाएका हुन् ।

अघिल्लो आर्थिक वर्षको तुलनामा अधिकांश वाणिज्य बैंकहरूको खुद नाफा बढेपनि वितरणयोग्य नाफामा भने कमी देखिएको छ। सबैभन्दा धेरै खुद नाफा कमाउने बैंकको सूचीमा नबिल शीर्ष स्थानमा छ भने नबिललाई ग्लोबलले पछ्याएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा ७६.७० प्रतिशतले नाफा बढाएर नबिलले ७ अर्ब ५२ करोड रुपैंयाँ खुद नाफा कमाएको छ ।

यस्तै दोस्रो स्थानमा रहेको ग्लोबल आईएमई बैंकले ७ अर्ब २५ करोड रुपैयाँ खुद नाफा गरेको छ। अघिल्लो आर्थिक वर्ष ४ अर्ब ९५ करोड खुदा नाफा कमाएको बैंकको नाफा ४६.२६ प्रतिशतले बढेको छ ।

त्यस्तै तेस्रो स्थानमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक छ। बैंकले गत वर्ष खुद नाफा ४ अर्ब ९१ करोड रुपैयाँ कमाएको छ ।

एनआईसी एसिया बैंकले गत आर्थिक वर्ष २०७९/०८० मा ४ अर्ब ६५ करोड १३ लाख ३८ हजार रुपैयाँ खुद नाफा गरेको छ । पाँचौ स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट मेघा बैंकले ४ अर्ब २९ करोड रुपैयाँ नाफा गरेको छ। स्ट्ण्डयार्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष ३ अर्ब ५२ करोड नाफा गरेको छ ।

यस्तै एनएमबी बैंकले ३ अर्ब ४१ करोड रुपैंयाँ खुद नाफा आर्जन गरेको छ। नेपाल बैंक लिमिटेडले गत आवमा बैंकले ३ अर्ब ४१ करोड खुद नाफा गरेको छ ।
हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्ष ३ अर्ब २६ करोड ६१ लाख खुद नाफा कमाएको छ। आर्थिक वर्ष २०७९/८० मा एभरेष्ट बैंकले ३ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा गरेको छ ।

सिद्धार्थ बैंकले गत आर्थिक वर्ष ३ अर्ब १९ करोड रुपैयाँ खुद नाफा गरेको छ। कृषि विकास बैंकले गत आर्थिक वर्ष करिब ३ अर्ब १० करोड रुपैयाँ खुद नाफा गरेको छ ।

सानिमा बैंकले २ अर्ब ६१ करोड रूपैयाँ खुद नाफा कमाएको छ। प्रभु बैंकले खुद नाफा २ अर्ब ८२ करोड रुपैयाँ कमाएको छ ।

सिटिजन्स बैंक इन्टरनेशनलले गत वर्ष करिब साढे २ अर्ब रूपैयाँ नाफा गरेको छ । माछापुच्छ्रे बैंकले १ अर्ब ८५ करोड खुद नाफा आर्जन गर्न सफल भएको छ। लक्ष्मी सनराइज बैंक लिमिटेडले २ अर्ब २६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यता प्राइम कर्सियल बैंकले गत आर्थिक वर्ष २ अर्ब २६ करोड रुपैयाँ नाफा कमाएको छ। कुमारी बैंक लिमिटेडले १ अर्ब ९५ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९