‘एक भागवत् र एक गीता’ तथा ‘नाङ्गो गाउँ’ आजदेखि प्रदर्शनमा

दर्पण दैनिक २९ भाद्र २०८०,०९:०५
post

काठमाडौं । आजदेखि दुई नयाँ नेपाली चलचित्र ‘एक भागवत् र एक गीता’ तथा ‘नाङ्गो गाउँ’ प्रदर्शनमा आएका छन् । आउँदो हरितालिका तीजलाई लक्षित गर्दै दुवै चलचित्र प्रदर्शन गरिएका हुन् । सामाजिक विषयवस्तुमा आधारित भए पनि प्रस्तुतीकरणका कारण दुवै चलचित्रका लक्षित दर्शक फरक छन् ।

नेपाली चलचित्रमा नामभन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेतामध्येका एक विपीन कार्कीले चलचित्र ‘एक भागवत् र एक गीता’ (सामाजिक प्रेमकथा)’मा ‘कमलामाई’को भूमिकामार्फत यौनिक लैङ्गिक अल्पसङ्ख्यक समुदायको जीवनलाई प्रस्तुत गरिएकाे छ ।

'एउटा कलाकारले यस किसिमको भूमिकामार्फत आफूले फरक जीवन बाँच्नुका साथै दर्शकलाई पनि त्यो महसुस गराउन सक्छ । अभिनयमा विविधता खोजिरहँदा यस्ता भूमिका अवसर र चुनौती दुवै हुन्', उनले भने, 'मैले आफ्नो पात्रमार्फत उक्त समुदायको दबिएका कथालाई पर्दामार्फत व्यक्त गर्ने अवसर पाएको छु ।'

चलचित्रमा अभिनेता कार्कीसँगै धीरज मगर, सुहाना थापा, कविर खड्का, जेविश श्रेष्ठ र जेविन श्रेष्ठ, सञ्जोग रसाइली, मुकेश झालगायत कलाकारले अभिनय गरेका छन् ।

सुनिलकुमार थापाले निर्माण गर्नुभएको उक्त चलचित्रमा निर्देशक थापासँगै सरिन पोखरेल, परिच्छेद सेन, पुरुषोत्तम ढुङ्गेलले पटकथा, राजेश श्रेष्ठले छायाँङ्कन, मित्र डी गुरुङले सम्पादन तथा हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन् ।

आजैदेखि राष्ट्रिय चलचित्र पुरस्कार विजेता निर्देशक दीपेन्द्र लामाले निर्देशन गरेकाे चलचित्र ‘नाङ्गो गाउँ’मा समाजलाई परिवर्तन गर्न राजनीतिको आवश्यकता र गाउँ पातलो हुँदै गएको विषयवस्तु देखाइएको छ ।

'हामीले नेतामात्र नभई छान्ने जनतालाई पनि प्रश्न गर्ने बेला भएको छ, त्यसको सुरुआत यस चलचित्रमा गरिएको छ”, निर्देशक लामाले भने, 'यसमा सामाजिक र राजनीतिक परिवेशलाई उजागर गरिएको छ, हाम्रो समाजको राजनीतिक चेत, राजनीतिक प्रभाव र समाजभित्र हामी कस्तो अवस्थामा बसेका छौँ भन्ने यसमा देखाइएको छ ।'

चलचित्रमा दयाहाङ राई, मिरुना मगर, शिशिर वाङ्देल, कार्म, साम्राज्ञी राज्यलक्ष्मी शाह, बुद्धि तामाङ, रवीन्द्र झा, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अङ्कित खड्का, पुष्कर गुरुङलगायत कलाकारले अभिनय गगरेका छन् । यसको कथा स्वयं निर्देशक लामाले लेखेका हुन् । रासस
 

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९