शैलुङमा नयाँ प्रजातिको आलुको पूर्वमूल बिउ उत्पादन

दर्पण दैनिक १८ माघ २०८०,१२:३४
post

रामेछाप । रामेछापको शैलुङमा रोजिटा जातको पीबीएस दानाबाट आलुको पूर्वमूल बिउ उत्पादन भएको छ ।  दोरम्बा शैलुङ गाउँपालिका–१ डडुवाको राजभिरमा नयाँ प्रजातिको आलुको बिउ उत्पादन गरिएको हो । स्क्रिन हाउसको ल्याबमा इन–भिट्रोे प्लान्ट वैज्ञानिक विधि अपनाइ पीबीएस दानाबाट रोजिटा जातको नयाँ पुस्ताको आलु बिउ उत्पादन गरेको हो । 

नयाँ जातको आलुको पूर्वमूल बिउ शैलुङमा उत्पादन भएको यो दोस्रो पटक हो । यसअघि गत साल पनि सो ल्याबबाट रोजिटा जातको आलुको मूल बिउ उत्पादन गरिएको स्थानीय अगुवा किसान दावासँबु शेर्पाले जानकारी दिए । 

गत साल सो ल्याबबाट ११ हजार दाना आलुको मूल बिउ उत्पादन भएको थियो । यस वर्ष १८ हजार दाना आलुको मूल बिउ उत्पादन भएको छ । आलुको सो मूल बिउ आलुको बिउ उत्पादनको लागि रोपिने छ । त्यसबाट उत्पादन भएको आलु बिउको रूपमा प्रयोग हुनेछ । 

उत्पादित मूल बिउ ग्रेडिङ गरी प्याकिङ गरिएको अगुवा किसान शेर्पाले बताए । सो बिउ प्रतिदान २० रुपैयाँ पर्ने उनले जानकारी दिए । आलुको बिउ उत्पादन गर्न चाहने किसानले मूल बिउ खरिद गरेर लैजान सक्ने शेर्पाले बताए । 

सो आलुको मूल बिउ उत्पादनको लागि राष्ट्रिय आलु वाली विकास केन्द्र निगालेले प्राविधिक एवं प्लान्ट सहयोग गरेको थियो । त्यस्तै कृषि ज्ञान केन्द्र रामेछापले आर्थिक सहयोग गर्दै आएको छ । 

नयाँ प्रजातिको आलुको बीउ उत्पादन भएसँगै शैलुङमा आलुको उत्पादन पनि बढेको छ । नयाँ बिउमा रोग प्रतिरोधात्मक क्षमता अधिक भएको तथा उत्पादित आलु बिउको रूपमा जाने भएकोले राम्रो मूल्य आउने शेर्पाले बताए । 

शैलुङमा उत्पादित आलुको बीउ शैलुङ क्षेत्र बाहेक रामेछाप जिल्लाका अन्य क्षेत्र र देश भरी नै पठाउने योजनामा स्थानीय किसान लागेका छन् । रोजिटा जातको बिउलाई आलुको दुर्लभ बिउ मानिन्छ । यसमा रोग प्रतिरोधात्मक क्षमता र उत्पादन क्षमता अधिक हुने गर्दछ ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: