‘जनप्रतिनिधि हुँदा ललितपुरको विकास निर्माण, अब जिल्ला पार्टी अध्यक्ष भएर पार्टी र संगठन निर्माण’

दर्पण दैनिक २५ चैत्र २०८०,०८:००
post

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका १, इमाडोलमा जारी नेकपा एमाले ललितपुरको नवौँ जिल्ला अधिवेशनमा नयाँ नेतृत्व चयनको लागि निर्वाचन हुने भएको छ । शनिबार साँझसम्म चलेको बन्दसत्रमा पार्टीको तर्फबाट प्रस्तुत गरिएका राजनीतिक सांगठनिक तथा आर्थिक प्रतिवेदनहरु पास गरिएका छन् भने नयाँ जिल्ला कार्यसमितिको लागि क्लस्टर विभाजन गरिएका छन् । आईतवार हुने निर्वाचनमा एक अध्यक्ष,एक उपाध्यक्ष, एक सचीव, दुई उपसचिव सहित १२० सदस्यीय जिल्ला कमिटिको लागि निर्वाचन हुनेछ । 

अध्यक्ष पदका लागि हालका अध्यक्ष पुरुषोत्तम आचार्य, पूर्व प्रदेश सांसद चेतनाथ सञ्जेल र दिनेश कार्की मैदानमा देखिएका छन् । सर्वसम्मत रुपमा नेतृत्व चयनको प्रयास भए तापनी तीनैजनाले आफ्नो दावेदावी नछोड्दा लोकतान्त्रिक प्रक्रियामार्फत नेतृत्व चयन हुने भएको छ ।  आठौँ महाधिवेशनमा समेत अध्यक्षमा दावी गरेका चेतनाथ सन्जेल भूगोलको राजनीतिबाट आएका अनुभवी राजनितीज्ञ हुन् । यसपटक कार्यकर्ता तथा प्रतिनिधिहरुको चाहाना सन्जेल नै देखिएका छन् ।वर्तमान जिल्ला कमिटीको विषयमा  विभिन्न विवाद र टिकाटिप्पणी आईरहेका बेला नेतृत्व परिवर्तन को मुद्दा यतिबेला सतहमै देखिएको हो । जसमा विगतमा प्रदेश सांसद भएर विकास निर्माणको सवालमा उत्कृष्ट भूमिका निर्वाह गरेका सन्जेललाई अध्यक्ष बनाउनुपर्ने माग बढेको हो  ।

सन्जेल यसपटक 'जनप्रतिनिधि हुँदा ललितपुरको विकास निर्माण, अब जिल्ला पार्टी अध्यक्ष भएर पार्टी र संगठन निर्माण' भन्ने नारासहित मैदानमा छन् । २०७४ मा बाग्मती प्रदेश सांसद निर्वाचित भएका सञ्जेलले  दक्षिण ललितपुरमा धेरै वहुवर्षीय योजना तथा अन्य गौरवका योजनाका लागि बजेट ल्याउन सफल भएका थिए । अब पार्टी अध्यक्ष भएर सांगठनिक,वैचारिक तथा नेतृत्वको न्यायपूर्ण पद्धतिको विकासका लागि विभिन्न एजेन्डाहरु अघि सारेका छन् ।


यस्ता छन् अध्यक्षको उम्मेदवार चेतनाथ सञ्जेलका योजनाहरु


सांगठनिक काम

१) वडा र पालिका कमिटीलाई कामकाजी र निर्णायक बनाउने 

२) कमिटी सानो, छरितो र परिणाममुखी बनाउने 

३) टोल, वडा, पालिका, क्षेत्रीय र जिल्ला कमिटीबिचको कमिटीगत प्रणालीलाई जिल्ला कार्यालयले व्यवस्थित ढाँचाको पद्धति कायम गर्ने 

४) जनवर्गीय संगठनलाई पार्टीको आधारशिलाको रुपमा विकास गर्न स्पष्ट खाका बनाउने र परिचालित गर्ने 

५) जनप्रतिनिधि र पार्टीको सम्बन्ध प्रगाढ बनाउन स्थनिय तहको विभागलाई गतिशील बनाउने 


वैचारिक कामः

१) वैचारिक तहको नेतृत्व टोलि तयार गर्ने 

२) प्रशिक्षणलाई पाठ्यसामग्रीमा आधारित भएर गर्ने 

३) जिल्लाको प्रकाशन नियमित गर्ने 

४) समसामयिक विषयमा बहस र अन्तक्रिर्या नियमित गर्ने 

४) जिल्लाको विकास अवधारणा र एजेन्डा तय गर्ने 

५। अवधारणा र एजेन्डाको पैरवी र वकालत गर्ने 

६) जनप्रतिनिधिलाई विशेष रुपमा प्रशिक्षित गर्ने 

 

 नेतृत्वको न्यायपूर्ण पद्धतिको विकास 


१) हगत नेतृत्व विकास पद्धतिलाई  लोकतान्त्रिक विधि अपनाउन प्रशिक्षित गर्ने 

२) जनप्रतिनिधि चयन प्रकृया पारदर्शी, लोकतान्त्रिक, पद्धति संगत, जवाफदेही  बनाउने । 

३) तहगत पार्टी कमिटीले जिम्मेवारी, जवाफदेही, उत्तरदायी र परिणाममुखी बन्ने कार्यमा सहजीकरण गर्दै नेतृत्वदायी भुमिका निर्वाह गर्ने । 

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post