काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि तयार रहेको बताएका छन् । काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा मुख्यमन्त्री लामाले बागमती प्रदेश सरकारले पर्यटन क्षेत्रमा लगानी गर्ने नाममा फजुल खर्च गरेको पाइएको उल्लेख गर्दै अब भने त्यस्तो गल्ती नगर्ने बताए । पर्यटकलाई आकर्षित गर्ने गन्तव्य स्थलहरूको निर्माण गर्न प्रदेश सरकारले विशेष ध्यान दिने उनको भनाइ थियो ।
‘पर्यटन क्षेत्रको प्रवर्द्धन गर्न बागमती प्रदेश सरकार तयार छ । वागमती प्रदेशले पर्यटन प्रवर्द्धनका लागि यस अघि जुन लगानी गरेको छ त्यो फजुलमा गरेको हामीले देख्यौँ । मन्दिर, गुम्बा छरिएर बनाएको छ । सबै ठाउँमा छरेर बनाएर पर्यटक आउँदैनन् । अर्को डाँडामा टावर बनाएको छ,' मुख्यमन्त्री लामाले भने, 'टावर कहाँ बनाउने, मन्दिरहरू कहाँ-कहाँ बनाउने भन्नेकुरा फरक छ । हाम्रो समाजलाई पनि सुद्धिकरण गरेर पर्यटकलाई आकर्षित गर्ने कम्तिमा पनि २/३ दिन घुम्ने ठाउँ चाहिएयो ।'
नेपालमा धार्मिक पर्यटकलाई पनि आकर्सित गर्न सक्नुपर्ने मुख्यमन्त्री लामाले बताए । 'पशुपतीमा धार्मिक पर्यटकको दृष्टिले आउँछन्, हरेक क्षेत्रको पर्यटकलाई आकर्षण दिने काम गर्नुपर्दछ । त्यसो गर्न सकियो भने हामी सफल हुनसक्छौं । त्यसकारण म के आश्वासन दिन चाहन्छु भने हामी व्यवसायीको पक्षमा छौं । व्यवसायीको समस्या हामीलाई थाहा छ,’ उनले भने ।
मुख्यमन्त्री लामाले पर्यटकहरूलाई आकर्षित गर्नका लागि समाजलाई समेत सचेत गराउन आवश्यक रहेको बताए ।