दर्जनाैँ अग्रज कलाकार राखेर तीज गीतबारे विचार विमर्श, एकसाथ ११ तीज गीत पनि विमोचन

दर्पण दैनिक २९ श्रावण २०८१,१६:४८
post

काठमाडौं । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा एकैसाथ ११ वटा मौलिक तीज गीतको विमोचन गर्नुका साथै मौलिक तीजको महत्वको विषयमा विमर्श समेत गरिएको छ । 

आइतबार राजधानीमा आयोजित कार्यक्रममा आउँदै गरेको हिन्दू नारीहरूको महान् पर्व हरितालिका तीजको अवसर पारेर ११ वटा मौलिक तीज गीतको विमोचन गर्नुका साथै तीजको महत्वको विषयमा विमर्श गरिएको हो । राष्ट्रिय नाचघर जमलमा आयोजित कार्यक्रममा ११ वटै गीतका सर्जकहरुको उपस्थितीमा सामूहिक विमोचन सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सांस्कृतिक संस्थानका महाप्रबन्धक किरणबाबु पुनले मौलिकपनले भरिएका गीतहरू सामूहिक रुपमा विमोचन गर्न पाउँदा आफूलाई खुसी लागेको बताए । साथै, उनले यस महत्वपूर्ण कार्यको आयोजना गरेकोमा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालप्रति धन्यवाद व्यक्त गरे ।

महाप्रबन्धक पुनले मौलिक सांस्कृतिक पर्व तीज भन्ने बित्तिकै नारीहरू जोडिने भएकाले नारीहरूको भाव गीतमा समावेश हुनुपर्ने उल्लेख गर्दै सस्तो लोकप्रियतातर्फ नलाग्न सम्पूर्ण कलाकारहरुलाई आग्रह गरे । 

कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘तीज एक सांस्कृति पर्वहो, यसलाई नयाँ पुस्तासम्म पुर्याउन चुनौती छ, अहिले सांस्कृतिक संस्थानले त्यो कुरालाई विशेष ध्यान दिएको छ, त्यसका लागि संस्थानबाट  विभिन्न कार्यक्रमहरू राखिएको छ, संगीत सेन्सरको कुरामा नियमन निकायको रुपमा सांस्कृति संस्थानले अधिकार पाएमा त्यसमा काम गर्नेछ, त्यसका लागि हामीले सरकारसमक्ष पत्र पनि पठाइसकेका छौँ ।’

त्यसैगरी कार्यक्रमा वरिष्ठ गायक एवं सांस्कृति अध्ययन तथा खोज अनुसन्धान परिषद्का अध्यक्ष बमबहादुर कार्कीले पछिल्लो समय गीतमा विकृती आयो भन्ने निकै सुनिरहेको तर विकृती गीतमा मात्रै नभई संस्कृति र हरेक भाषामा रहेको भन्दै आफूहरुले अध्ययन गरिरहेको बताए । २०४४ सालमा आफूले तीजमा पनि गीत निकाल्नु पर्छ, महिला दिदीबहिनीहरुलाई नाँच्ने गीत चाहिन्छ भनेर सुरु गरेको सुनाउँदै वरिष्ठ गायक कार्कीले पछिल्लो समय तीज गीत हेर्न र सुन्न लायक नभएको गुनासो गरे । उनले पछिल्लो समय आफूले घरमा टेलिभिजन हेर्नै छाडेको समेत बताए ।

यस्तै वरिष्ठ गायिका तारा थापाले आजभन्दा ५३ वषअर्घि गाएको गीतलाई स्मरण र अहिले आइरहेका गीतमाथि विमर्श गर्दै त्यस समयका गीत र अहिलेमा धेरै फरक रहेको बताइन् । समय पनि परिवर्तन हुँदै आएको उल्लेख गर्दै वरिष्ठ गायिका थापाले समय र प्रविधि परिवर्तन भयो भन्दैमा मौलिकता बिर्सन नहुनेमा जोड दिइन् । विकृती फैलाउने गीत आयो भनिरहँदा सुरुमै गीत बनाउने सर्जकले नै निकै विचार पुर्याएर निकाल्नुपर्ने सुझाव दिँदै उनले आफ्नो विवेक कहाँ प्रयोग गर्ने भन्ने विषयमा पनि ध्यान दिन जरुरी रहेको बताइन् । उनले पछिल्लो समय बजारमा आएका गीतका भीडमा कतिपय गीत र भिडियोले गीतकै कुनै मर्म बोकेको नहुने भन्दै ती गीतबाट हामीले के पायौँ भन्दै प्रश्न गरिन् । 

साथै, उनले सरकारले केही गरेन भन्नु भन्दा पनि कलाकारहरू आफैँ सुध्रिनुपर्नमा जोड दिइन् ।

त्यसैगरी गायिका सर्मीला गुरङले पछिल्लो समय तीज गीत भन्दै विभिन्न खालका गीत सार्वजनिक भइरहेको अवस्थामा उक्त विमोचन भएका गीत हेरेर यस्ता मौलिक गीत पनि सार्वजनिक भएको भन्दै खुसी व्यक्त गरिन् । साथै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले मौलिक गीतहरूलाई उद्धार गर्ने काम राष्ट्रिय लोक सञ्चारकर्मीले गरेको बताइन् । 

कलाकारसँगै सञ्चारकर्मीहरुले यसरी नै आफ्नो कर्म नबिर्सिदिन पनि उनले आग्रह गरिन् । तीजमा भड्कीलो गीत गाउनेहरुलाई मिडियाले खबरदारी गर्ने हो भने त्यस्ता गीत गाउनेहरु आफैँ विस्थापीत हुने उनले बताइन् ।


कार्यक्रममा प्रस्तोता समाजका अध्यक्ष एवं लोक दोहोरी प्रतिष्ठानका महासचिव शिव हमालले तीजको समयमा आउने विकृतीजन्य गीतहरुप्रति प्रतिष्ठानले पनि सधैँ आवाज उठाउँदै आएको र त्यस्ता कलाकारलाई निरुत्साहित गर्ने गरेको बताए । पछिल्लो समय मौलिकभन्दा पनि उच्छृंखल गीत गाउने र नाच्नेहरुको डिमाण्ड हुने गरेकाले त्यस्ता काम रोक्न सम्पूर्ण कलाकारलाई आग्रह गरे ।

यसैगरी गायिका सिन्धु मल्लले आफ्नो दुई दशक लामो सांगीतीक यात्रामा आफूले कहिल्यै पनि लोक क्षेत्रमा असर पर्ने, विकृती फैलाउने गीत नगाएको सुनाउँदै सुरुमा आफैले सेन्सर गर्नुपर्ने बताइन् । गायिका मल्लले पछिल्लो समय तीज गीतको समयमा विकृती फैलिएको आफूले पनि महसुस गरेको भन्दै पहिलेको समय र अहिलेको समय परिवर्तन भएको तर समयको परिवर्तन हुँदैमा समाजमा स्वीकार गर्न गाह्रो हुने गीत संगीतलाई प्रोत्साहन गर्न नहुनेमा जोड दिइन् ।

त्यस्तै गायक बद्री पंगेनीले पछिल्लो समय लोक गीतमा आएका विकृतीमाथि अवाज उठाउँदै आएकोमा राष्ट्रिय लोक सञ्चारकर्मी नेपाललाई धन्यवाद दिए । उनले राज्यको निकायबाट गीत संगीतलाई नियमन गर्ने निकायको आवश्यक भएको भन्दै यस विषयमा राज्यले विशेष ध्यान दिनुपर्ने समय आएको बताए ।

इन्द्रेणी समाजका अध्यक्ष एवं गायक कृष्ण कँडेलले नराम्रा गीतका विषयमा कसैले नबोल्ने, प्रचारप्रसार नगर्ने र वास्तै नगर्ने हो भने त्यस्ता गीत र सजर्क आफै विस्थापित हुँदै जाने बताए । राम्रालाई सञ्चारकर्मीहरुले पनि प्रचार गर्दै जाने र नराम्रालाई आम दर्शकले पनि वास्ता नगरिदिन उनले आग्रह गरे ।

आइतबार सम्पन्न भएको उक्त कार्यक्रममा विमोचित ११ वटा मौलिक तीज गीतहरुमा सर्जक प्रेम सापकोटा सोनुको ‘काली पसम की’ (प्रेम सापकोटा सोनुको शब्द, संगीत र शान्तिश्री परियारको स्वर), गायिका शर्मिला गुरुङको ‘बाबाको आँगनीमा’ (सर्मीला गुरुङको शब्द, संगीत, कमला पोखरेल र शर्मिला गुरुङ स्वर), गायिका शान्ता जिसीको ‘फेरि आयो तीज’ (प्रेम सापकोटा सोनुको शब्द, संगीत र शान्ता जिसी र प्रेम सापकोटा सोनुको स्वर), गायक सूर्य खड्को ‘बुद्धका देश सीताका माइती’ (शिव अखेलीको शब्द संगीत र सूर्य खड्का र सुनिता बुढाको स्वर), गायिका अनिता चलाउनेको ‘म राम्रो की ऊ राम्रो भन्देउ सबैले’ (नेत्र अर्यालको शब्द, खेम सेन्चुरीको संगीत, अनिता चलाउने र खेम सेन्चुरीको स्वर), गायिका उमा श्रेष्ठको ‘मैदानमा ताल’ (श्रीकृष्ण क्षेत्री शब्द, संगीत र उमा श्रेष्ठको स्वर), सर्जक सुरेन्द्र कार्कीको ‘कालो कपाल पारेर फरर’ (संगीता भुजेलको शब्द, सुरेन्द्र कार्की संगीत र खुमन अधिकारी र कल्पना पराजुलीको स्वर), निर्मलाराज पौडेलको ‘यसपालीको तिज रमाइलो’ (निर्मलराज पौडेलको शब्द, मोहित मुनालको संगीत र शान्ति श्रीको स्वर), गायिका सुनिता बुढा क्षेत्रीको ‘चेलीलाई माइती’ (सुनिता बुढा क्षेत्रीको शब्द, संगीत र स्वर), गायिका राधिका ढकालको ‘सारी लरक्कै’ (शब्द, संगीत भीमसेन खतिवडा र राधिका ढकाल, शारदा रसाइली, सपना गुरुङ, कोपिला वाइबा तामाङको स्वर) र सरस्वती लामिछानेको ‘सैनाले दिएको ऐना’ (शिव हमालको शब्द, संगीत र सरस्वती लामिछानेको स्वर) रहेका छन् । बोलका गीत रहेका छन् ।

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका संस्थापक अध्यक्ष गोविन्द गिरीले संस्थाले नेपाली कला संस्कृति जोगाउन सधैँ आवाज उठाउँदै आएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमको आवश्यक रहेको बताए । पुर्खाहरुले बनाएको संस्कृतिलाई अहिलेकाले जोगाउनुपर्ने विचार व्यक्त गरे ।


कार्यक्रमलाई समापन गर्दै राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतमले सामूहिक रुपमा विमोचित भएका ११ वटा मौलिक तीज गीतका सर्जकहरुलाई आगामी दिनहरूमा पनि यस्तै मौलिक गीत सृजना गर्न सुझाव दिँदै बधाई ज्ञापन गरे । साथै, अध्यक्ष गौतमले गीतसंगीतमा लागेका सम्पूर्ण सजर्कलाई मौलिकता नबिर्सिदिन आग्रहसमेत गरे । उनले हामी सबैले संस्कृति र संस्कारलाई भुलेनौँ भने मौलिकता बच्नेछ भन्दै आगामी दिनमा यस्ता गीत विमोचनलाई स्थान दिइरहने उद्घोष गरे ।


 

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९